site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकता संयोजन समितिको बैठक आज, एमाले नेता भन्छन्– अहिले त जनयुद्धलाई गालामा लगाउँदा पनि नरम हुन्छ

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज (बुधबार) साँझ बस्ने भएको छ । माओवादी केन्द्रका वरिष्ठ नेता एवं एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर सहमति हुन बाँकी रहेका विषयहहरु टुंग्याउने बताए । “आज बैठक बसेर सहमति हुन बाँकी रहेका विषयहरु टुङ्गो लगाउने कोसिस गर्छौं । सबै विषयहरुमा लगभग सहमति जुटिसकेको छ,” श्रेष्ठले बाह्रखरीसँग भने ।

एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको चुनाव चिन्ह, जनुयद्ध र पार्टीमा रहने सदस्यहरुको संख्याबारे सहमति जुट्न बाँकी छ । यही चैत २० गते विधान तथा राजनीतिक मस्यौदा कार्यदलले पार्टी एकता संयोजन समितिका सदस्यहरुलाई प्रारम्भिक विधान एवं प्रतिवेदन बुझाएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वैशाख ९ मा पार्टी एकता नहुनसक्छ माओवादी नेता
एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले वैशाख ९ गते पार्टी एकता गर्ने बताए पनि माओवादी नेताहरु भने अझै सशंकित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा सचिव सरुवा गरेपछि केही दिनयता माओवादी नेताहरु सरकारसँग असन्तुष्ट छन् ।

माओवादी केन्द्रका नेता मणि थापाले सरकारले एकलौटी तरिकाले निर्णय गर्न थालेकाले वैशाख ९ गते पार्टी एकता नहुन सक्ने बताए । “पार्टी नै एकता हुँदैछ भनेपछि सचिव सरुवा गर्दा मन्त्रीहरुलाई त प्रधानमन्त्रीले सोध्नुपर्छ । यो तरिकाले पार्टी एकतामा ठेस पुग्छ,” नेता थापाले भने, “सरकारको कामकारवाही देखेर माओवादी सशंकित भएको छ । वैशाख ९ गते पार्टी एकता नहुनसक्छ ।”

संगठन भागवन्डामा एमालेले चुनावमा जसरी गर्न खोजेको आरोप पनि थापाले लगाए । “अहिले एमाले र माओवादीबीच एकीकृत पार्टीको चुनाव चिन्ह, जनुयुद्ध र एकीकृत पार्टीको केन्द्रीय समितिमा कुन पार्टीको कति संख्या हुने भन्नेमा सहमति जुट्न सकेको छैन । एमालेले चुनाव र सरकार गठनमा भागवन्डा भएजसरी पार्टी एकतामा पनि गर्दैछ,” थापाले भने ।

एमाले नेता भन्छन्– अहिले जनयुद्धलाई गालामा लगाउँदा पनि नरम हुन्छ
एमालेका नेता भने पार्टी एकतामा कुनै समस्या नरहेको दाबी गर्छन् । अहिले विवादित भनिएका विषयहरु छलफल गर्न बाँकी नै रहेको दावी एमालेको छ । 

एमाले नेता सुरेन्द्र पाण्डेले एमालेले जनयुद्ध स्वीकार गर्दा केही नबिग्रने बताए । “अहिले बाहिर विवादित भनिएका विषयहरु छलफल गर्न बाँकी छ । जनयुद्ध स्वीकार गर्दा के बिग्रन्छ त ? गिरिजाप्रसाद कोइरालाले जनयुद्धमा लागेको मान्छेसँग शान्ति वार्ता गरेको होइन र ? नस्वीकार्ने प्रश्नै भएन । जनयुद्धले हिजो पोल्थ्यो, अहिले गालामा लगाउँदा पनि नरम हुन्छ । हिजोको कुराबाट कोही डराउनु पर्दैन । त्यो एउटा इतिहास हो,” पाण्डेले भने । सहमति हुन बाँकी रहेका विषयहरु आफूहरुले छिट्टै टुङ्ग्याउने दावीसमेत उनले गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro