site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वैकल्पिक शक्तिको अर्थ बुझाउँदै नयाँ शक्ति, फिल्डमा नजाने नेतालाई कारबाही गर्ने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आफ्ना मतदातामाझ वैकल्पिक शक्तिको अर्थ बुझाउन अभियान चलाउने भएको छ । पार्टीले केन्द्रीय नेताहरुलाई फिल्डमा खटाउने योजनासमेत तयार पारेको छ । 

गत साउन ८ गते नयाँ शक्ति प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वमा सात वटा प्रदेशमा प्रचार विभाग टोली पुगेपछि पार्टीले आफ्ना मतदातामाझ वैकल्पिक शक्तिको अर्थ र औचित्य बुझाउने योजना बनाउन लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रचार विभाग टोली साउन ८ गतेदेखि १५ गतेसम्म ७ प्रदेशको भ्रमणमा गएको थियो । भ्रमणको क्रममा प्रचार विभागको टोलीले जनताको गुनासो सुन्ने काम गरेको थियो । टोलीलाई ७ वटै प्रदेशका शुभचिन्तकले पार्टी नेतृत्वलाई फिल्डमा आउन आग्रह गरेका थिए ।

प्रदेश भ्रमणपछि पार्टीेले वैकल्पिक शक्तिको अर्थ र भावी कार्ययोजनाको बारेमा जनतामा बुझाउन लागिएको प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिए । “हामी भर्खरै सात वटै प्रदेश भ्रमण गरेर आयौं । भ्रमणको क्रममा जनताले हामीलाई कांग्रेस र नेकपा भन्दा तिमीहरु फरक केमा छौं ? किन भोट दिने ? जस्ता प्रश्न गरेका थिए । त्यसबाट हामीले कार्यकताले वैकल्पिक शक्तिको अर्थ बुझे पनि जनताले नबुझेको पायौं । पार्टीको बारेमा छरिएका भ्रम पनि चिर्न बाँकी रहेछ । त्यसैले वैचारिक हिसाबले भन्दापनि नेताहरु जनताको घरघरमा गएर वैकल्पिक शक्तिको अर्थ बुझाउने योजना बनाउँदैछौं,” पाण्डेले भने ।

Global Ime bank

पार्टी संयोजक भट्टराई स्वदेश फिर्ता भएपछि आफूहरुको कार्यक्रम तीव्र रुपमा अगाडि बढ्ने उनले बताए । “केन्द्रीय कार्यकारीको बैठक बसेर हामी कसरी अगाडि बढ्ने भन्ने विशेष योजना बनाउँदैछौं,” पाण्डेले भने ।

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य गंगा श्रेष्ठले पनि पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने समय आएको बताए । “जनताले विकल्प खोजिरहेका छन् । जनता हामीप्रति निकै आशावादी छन्, हामीबाट धेरै आशा गरेका छन्,” श्रेष्ठले भने, “हाम्रो पार्टीका नेताहरु काठमाडौंमा मात्र सीमित भएर बस्नुभएको छ । अब त्यसरी बस्नु हुँदैन भन्ने अवस्थामा हामी पुगेका छौं । जनताले आफ्नो नेता आफ्नो ठाउँमा आएर समस्या सुनिदियोस् भनिरहेका छन् । त्यसैले अब हामी नयाँ तरिकाले अघि बढ्दैछौं ।”

नेता श्रेष्ठले पार्टीले कार्यक्रम बनाएर वैकल्पिक शक्तिको अर्थ बुझाउने गरी जनताको बीचमा जाने तयारी भइरहेको जानकारी दिए । “हामीले पार्टीलाई वैकल्पिक शक्ति त भन्यौं तर, जनतामाझ हाम्रो विचार र भावी कार्ययोजना पुग्न सकेको छैन । जनताले जवर्जस्त विकल्प खोजिरहेका छन्,” उनले भने, “पार्टीले ३ नम्बर बाहेक ६ प्रदेशमा आगामी भदौ १५ गतेभित्रमा प्रदेशस्तरको बैठक सम्पन्न गर्ने योजना बनाएको छ । बैठकपछि विशेष योजना बनाएर आफ्ना भावी कार्ययोजनासहित वैकल्पिक शक्तिको अर्थ बुझाउने गरी पार्टी नेतृत्व जनतामाझ जान्छ ।”

फिल्डमा नजाने र निष्कृय नेतालाई पार्टीले कारबाही गर्ने तयारी गरेको पनि बताइएको छ । पर्शुराम खापुङको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन विभागसमेत गठन गरिएको छ । “फिल्डमा जाने र नजाने नेताहरुको मूल्यांकन त्यसले गर्छ । नेताहरु फिल्डमा जानुभएन भने पार्टीले जिम्मेवारीबाट हटाउने लगायतको कारबाही गर्छ,” विभागका एक सदस्यले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC