site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वास्थ्य संस्था शय्याका आधारमा होइन, सेवाका आधारमा वर्गीकरण : मन्त्री पौडेल

कैलाली । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यको मापदण्ड सरकारी र निजी दुवैतिर एउटै हुनुपर्ने भन्दै आफू त्यसकै निम्ति काम गरिरहेको बताएका छन् । कांग्रेस सरकारमा रहने कुराभन्दा सरकारमा बसेर नागरिकका निम्ति काम गर्नु महत्त्वपूर्ण भएको उनले बताए । 

आज मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य संस्था शय्याको आधारमा वर्गीकरण नहुने, सेवाको आधारमा वर्गीकरण हुने बताए । 

त्यसैले आफूले तहगत अस्पतालको विभाजन गर्ने प्रक्रिया सुरु गरेको उनले बताए ।‘‘एउटा विशिष्टीकृत सेवा दिने र अर्को आधारभूत प्राथमिक सेवा दिने अस्पतालका रूपमा विकास हुन आवश्यक छ” मन्त्री पौडेलले भने, “आधारभूत अस्पतलाले निःशुल्क उपचार गरेको हुनुपर्ने र विशिष्टीकृत अस्पतालले नसक्नेलाई निःशुल्क सेवा र सक्नेलाई यथोचित मूल्य लिएर उपचार प्रदान गर्ने हुनुपर्छ ।’’ 

उनले सातै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको  र सबै प्रदेशमा मुटु रोगको उपचार सेवा विस्तार गर्ने योजना बनाइरहेको बताए । 

सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा सिकलसेल एनिमियाको औषधि निःशुल्क उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढेको मन्त्री पौडेलको भनाइ छ । “यसका लागि मित्रराष्ट्र भारतको सहयोग हुने गरी करिब कुरा टुंगिएको छ, अब सम्झौताका लागि पहल भइरहेको छ,” उनले भने । 

पार्टी र पार्टीको प्रतिनिधित्व गरेका हरेक स्थानमा परिणाममुखी काम गरेको महसुस गराउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले आमनागरिक र सुशासनसँग सम्बन्धित विषयमा केन्द्रित भएर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।रासस 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro