site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवेकशील साझा पार्टीभित्रको विवाद के हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील र साझा पार्टीबीच एकता भएको एकवर्ष पूरा भएको अवसरमा विवेकशील साझा पार्टीले अहिले विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यसै अवसरमा विवेकशील साझा पार्टीले जिल्ला संयोजक पनि तोकेर संगठन विस्तारको काम जारी राखेको छ ।
शनिबार काठमाडौंमा प्रदेश नम्बर तीनका ६ वटा जिल्लाका संयोजक तोक्ने कार्यक्रम तय गरिएको थियो ।

पार्टीले प्रदेश नम्बर ३ की संयोजक समीक्षा सापकोटालाई जिल्ला संयोजक तोक्न सक्ने अधिकार दिइएको भए पनि जिल्ला संयोजक तोक्ने क्रममा विवाद देखियो । शनिबार काठमाडौंमा भएको उक्त कार्यक्रममा असन्तुष्ट समूहले होहल्ला गर्दै कार्यक्रममा नेतृत्वविरुद्ध नाराबाजी नै गरेको थियो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै सुजन श्रेष्ठले जिल्ला संयोजक माथिबाट नभइ तलबाट तोकिनुपर्ने बताएका थिए । तर नेतृत्वले संयोजकमा अधिकार रहेको भन्दै जिल्ला संयोजक चयन गरेपछि होहल्ला र नाराबाजी भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँहरुको असन्तुष्टिका बारेमा अघिल्लै दिनमा पनि छलफल भएको थियो,” विवेकशील साझाका एक नेताले भने, “शनिबार पनि बोल्न दिने की नदिने भन्ने विषयमा छलफल भएको थियो । लोकतन्त्रमा कसैले अभिव्यक्ति दिन खोज्दा रोक्नुहुँदैन भनेर दिइएको थियो । तर त्यहाँ बबन्डर गर्ने प्रयास गरियो ।”

शनिबार काठमाडौंमा भएको घटनालाई दुर्घटनाको रुपमा लिँदै त्यससँग सम्बन्धित व्यक्तिहरुलाई कारवाही थाल्ने तयारी गरेको विवेकशील साझाले जनाएको छ ।  

Global Ime bank

“महाविशेनसम्मको समयलाई पार्टीले संक्रमणकाल भनेको छ,” विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले बाह्रखरीसँग कुरा गर्दै भने, “संक्रमणकालको समयमा पार्टीको निर्देशिकाअनुसार हामी अघि बढेका छौं । जिल्ला संयोजक प्रदेश संयोजकले केन्द्रको समन्वयमा र प्रदेश संयोजक केन्द्रले तोक्ने हो । त्यहीअनुसार तोकिएको छ ।”

“विधानमा हामीले नगरपालिका, गाउँपालिका र वडासम्मको नेतृत्व त्यहीँभित्रको व्यक्तिले चुन्ने व्यवस्था गरेका छौं,” उनले भने, “त्यसका लागि सदस्य हुनुपर्छ । सबैभन्दा पहिला केन्द्रीय समिति, प्रदेश र जिल्ला संयोजक छानिनुपर्छ । विधानमा नै हामीले प्रदेश र जिल्ला संयोजक केन्द्रले छान्ने भनेका छौं । केन्द्रको परामर्शमा सबै जिल्ला मातहतको जिल्ला संयोजक छान्ने हो । त्यसैले हामी पार्टीको विधानअनुसार नै गएका छौं । यसमा विवाद गर्नुपर्ने कुनै कुरै छैन ।” 

प्रवक्ता आचार्यले कार्यक्रम बिथोल्ने युवाको समूहलाई पार्टीले कारवाहीको प्रक्रिया अघि बढाएको जानकारी समेत दिए ।

“कार्यक्रम बिथोल्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्छौं,” उनले भने, “केन्द्रीय कार्यालयमा ती साथीहरुलाई हाम्रो संयोजक रवीन्द्र मिश्र र किशोर थापाले शुक्रबार नै भेटेर पार्टीको प्रक्रियाबारे बुझाउनुभएकोे थियो । तर, पनि हिजो विरोध गर्नुभयो,उदण्डता मच्चाउनुभयो ।”
उनले त्यहाँ रहेका कतिपय व्यक्तिहरु विवेकशील साझाका सदस्य पनि नभएको बताए ।

“कार्यक्रम बिथोल्न कुन–कुन तहका कुन जिम्मेवारी लिएका मान्छेहरु लागेका छन् । हामी कारबाहीको प्रक्रियामा छौं,” उनले भने । उनले पार्टीको केन्द्रीय नेतृत्वले छानेका व्यक्तिहरु भन्दा राम्रो व्यक्ति ल्याउन कार्यक्रम बिथोल्न खोज्ने  युवाहरुलाई चुनौती समेत दिए ।

“महाविधेशन अगाडि मलाई प्रवक्ता रवीन्द्र मिश्रले बनाएको हो,” उनले थपे, “चितवनको मान्छेले छानेर बनाएको होइन । संक्रमणकालमा यसरी नै हो पार्टी बन्ने हो । संक्रमणकालमा हामीले धेरै सम्झौता गरेर जिल्ला र प्रदेश संयोजक छानेका छौं ।”

अहिले कुनै गुट छैन 
 

तत्कालीन विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बनेको हो । पार्टी प्रवक्ता आचार्यले पार्टीभित्र अहिले त्यस सम्बन्धमा कुनै गुट नभएको स्पष्ट पारे ।

“खासगरी दुईवटा पार्टी मिलेर बनेको हुनाले गुटभन्दा पनि पार्टीलाई कसरी लैजाने भन्नेमा स्कुलिङ फरक हुन सक्ला तर हामी विचारमा गलत छैनौं,” प्रवक्ता आचार्यले भने, “हामीले झगडा गर्ने विचार र एजेन्डामा हो । मुलुकलाई यसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा हो, पदको लागि झगडा गर्ने हाम्रो समय होइन ।”

प्रवक्ता आचार्यले पार्टी निर्माणको संरचना आफ्ना सदस्यहरुलाई बुझाउन नसकेको स्वीकार पनि गरे । “केन्द्रले प्रक्रियागत नै निर्णय गर्ने हो । हामीले साथीहरुलाई पार्टी निर्माणको प्रकृया बझाउन सकेनौं होला,” उनले भने, “कति साथीहरुलाई यो पार्टी बनिसक्यो, हामीले पसिना बगाउने हामीलाई नै संयोजक नबनाउने ? भन्ने पनि होला । हामीले साथीहरुलाई तपाईंहरुको र पार्टीको भावना प्रतिबिम्बित नहुने गरी निर्णय भयो भने सधैँ खबरदारी गर्नुहोस् हामी सच्चिन्छौँ भनेकै छौं ।”

उनले शनिबार होहल्ला गर्ने केहीले पार्टीको प्रक्रिया बुझ्न नसकेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC