site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले बेवास्ता गरेको मधेशी दलको गुनासो, विश्वासको मत फिर्ता लिने चेतावनी

काठमाडौं । सरकारले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा सहभागी गराउने बताए पनि कुनै ठोस सहमति भने गर्न सकेको छैन । राष्ट्रपतिको निर्वाचनपछि राजपा र फोरमलाई सरकारमा सहभागी गराउने वाम गठबन्धनका नेताहरुले बताए पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन । 

पछिल्लो समयको वार्तामा सरकार र मधेसी दलबीच संविधान संशोधनमा सहमति जुटेपनि मन्त्रालय भागवन्डामा कुरा अड्किएको थियो । केही दिनयता सरकार र फोरम तथा राजपाबीच वार्तासमेत भएको छैन ।

वार्ता निष्कर्षविहिन टुङ्गिँदै गएपछि मधेसी दलका नेताहरुले सरकारले आफूहरुलाई बेवास्ता गरेको आरोप लगाएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग वार्ता निष्कर्षमा पुग्न नसकेको बताए । “सरकार र हामीबीच धेरै पटक वार्ता र संवादहरु भए तर निष्कर्षमा पुग्न सकेको छैन । हामी सरकारमा जाने नजाने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीजीको हो । संविधान संशोधनलगायत मन्त्रालय भागवन्डाको कुनै पनि विषय मिलेको छैन,” उनले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले आफूहरुलाई सरकारमा सहभागी हुन हतारो नभएको जिकिरसमेत गरे । “सरकारमा सहभागी हुन हामीले हतारो गरेका छैनौं । प्रधानमन्त्रीजीले हामी सरकारमा गएर के गर्दियोस् भन्ने छ ? सरकार चलाउन त उहाँलाई बहुमत छ । हामीले दिनुपर्ने सबैथोक दिएका हौं । हामीलाई कसरी लैजाउनुहुन्छ, त्यो प्रधानमन्त्रीको जिम्मेवारी हो,” यादवले थपे । अध्यक्ष यादवले राजनीतिक सम्झौता भएमा मात्र आफूहरु सरकारमा जाने स्पष्ट पारे ।

सरकारमा सहभागी हुने विषयमा सरकार र राजपा नेपालबीच भने वार्ता नै भएको छैन । राजपा नेपालले संविधान संशोधन, मधेस र धरुहट आन्दोलनमा मारिएकालाई सहिद घोषणा र आफ्ना कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता हुनुपर्ने माग सरकारसँग राखेको छ ।

राजपा नेपालका महामन्त्री मनिषकुमार सुमनले सरकारमा सहभागी हुने विषयमा सरकारसँग वार्ता नै नभएको बताए । “हामी सरकारमा जाने अवस्था कहिल्यै पनि भएको छैन । एकदिन प्रधानमन्त्रीजीले हाम्रा नेता महन्थ ठाकुरलाई बालुवाटार बोलाएर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । त्यो दिनदेखि सरकारसँग कुनै किसिमको वार्ता भएको छैन,” उनले भने । उनले संविधान संशोधन भएमा मात्र आफूहरु सरकारमा सहभागी हुने स्पष्ट पारे ।

“संविधान सशोधनको विषयमा सरकारबाट कुनै किसिमको ठोस सहमति आएको छैन । संसदमा बोल्नु आफ्नै ठाउँमा छ । सरकारलाई दुई तिहाई चाहिएको थियो, हामीले सहयोग गर्यौं । सरकारले चाहेमा संविधान संशोधन हुन्छ । त्यसैले संविधान संशोधन गर्न तयार भएमा मात्र हामी सरकारमा सहभागी हुन्छौं,” उनले भने ।

सरकारले प्रतिकूल काम गरे विश्वासको मत फिर्ता 

सरकारले कुनै प्रतिकूल काम गरे राजपा र फोरमले विश्वासको मत फिर्ता दिने चेतावनी दिएका छन् । “सरकारले हामीलाई सरकारमा सहभागी नगरार्इ कुनै प्रतिकूल काम गर्यो भने विश्वासको मत फिर्ता लिन्छौं,” राजपाका एक नेताले भने, “सरकार र हामीबीच वार्ता भएको छैन । सरकारले हामीले उठाएको माग पूरा नगरी प्रतिकूल काम गर्यो भने विश्वासको मत फिर्ता लिन्छौं,” ती नेताले भने । 

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि सरकारले विश्वासको मत फिर्ता लिन सकिने बताए । गएको फागुन २७ गते राजपा र फोरमले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिए ।

‘मधेसवादी दलको आन्तरिक कारणले वार्ता अड्कियो’
सरकारले भने मधेसी दलको आन्तरिक कारणले वार्ता निष्कर्षमा पुग्न नसेकको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहारकार डा कुन्दन अर्यालले मधेसी दलको आन्तरिक वार्ता नै निष्कर्षमा पुग्न नसकेको बताए । “मधेसी दलसँगको वार्ता सेलाएको छैन । प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पनि उहाँहरुसँग वार्ता भएको थियो । सरकारसँग वा वाम गठबन्धनसँग मधेसी दलको कुनै समस्या छैन । उनीहरुभित्रको आन्तरिक कुराहरुले नै वार्ता निष्कर्षमा पुग्न सकेको छैन,” अर्यालले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro