site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के गर्दैछन् विवेकशील साझा र नयाँ शक्ति ?

काठमाडौं । पार्टी स्थापनाकालदेखि नै वैकल्पिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले आफूहरुलाई दाबी  गर्दै आएका छन् । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोचेअनुसारको मत भने प्राप्त हुन सकेन ।

चुनावपछि के गर्दैछन् त विवेकशील साझा र नयाँ शक्ति ?

नयाँ शक्तिले संगठन विस्तार र सुदृढिकरणको लागि पाँचवर्ष र पाँच "स" लाई अघि सारेको छ । पार्टीले संगठन निर्माण, विस्तार र संगठनको सुदृढिकरणको लागि २ वर्ष छुट्याएको  छ ।  यसलाई पार्टीले महाधिवेशन वर्ष समेत भनेको छ भने बाँकी पाँच वर्षमध्ये ३ वर्ष आगामी निर्वाचनको लागि खर्चिने तयारी गरेको छ ।
नयाँ शक्तिले सातवटै प्रदेशमा संयोजक र इन्चार्ज तोकिसकेको छ । हालसालै  सातवटै प्रदेशको बैठक र प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको थियो । अहिले जिल्ला-जिल्लाको बैठकहरु सम्पन्न गर्दैछ । सबै जिल्लाको बैठकहरु यसै महिनासम्म सम्पन्न गर्ने बताएको छ । वैशाख १५ सम्ममा गाउँपालिका, नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको बैठकहरु पनि सम्पन्न गरिसक्ने नयाँ शक्ति पार्टीको योजना छ ।
त्यस्तै विवेकशील साझा पार्टी पनि अहिले संगठन विस्तारमा नै व्यस्त छ । पार्टीले अहिले सात प्रदेशमध्ये तीनवटा प्रदेशमा संयोजक तोकेको छ । प्रदेश नम्बर पाँचमा अनुपमान सैँजु, ६ मा  गेहेन्द्र दाहाल र ७ मा  गोपाल हमाल रहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

म्याग्नेटिभ सेन्टर बनाउँदै नयाँ शक्ति

नयाँ शक्तिले आत्म समीक्षा गर्दै आफूलाई बलियो केन्द्रको रुपमा स्थापित गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता गंगा श्रेष्ठले भने, "पार्टीले म्याग्नेटिभ सेन्टर बनाउँदैछ । नयाँ शक्ति कुनै पनि पार्टीसँग एकता गर्न नजाने तरिकाले म्याग्नेटिभ सेन्टर  बताउँदैछ । हामी म्याग्नेट हुन चाहन्छौं, ताकि फलामका टुक्राहरु हामीतर्फ आकर्षित भएर आउँछन्। विगतमा हामी आफै एउटा फलामको टुक्रा जस्तो भयौं, अब हुँदैनौं । म्याग्नेट हुनको लागि पार्टीको निर्माण, विस्तार र सुदृणीकरण गर्दैछौँ । त्यसको लागि हामीले २०७५ लागि महाधिवेशन वर्ष भनेर नामाकरण समेत गरिसकेका छौं ।" 

नयाँ शक्तिले असोज महिनासम्ममा स्थानीय तहको सबै सम्मेलन सम्पन्न गर्ने, मंसिरभित्रमा प्रदेशको अभिवेशन सम्पन्न गर्ने र आगामी फागुन १० गतेदेखि १५ गतेसम्म पार्टीको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।


होला त नयाँ शक्ति  र साझाको एकता ?

नयाँ शक्ति र विवेकशील साझा पार्टीबीच पार्टी एकताको हल्ला बेला बेलामा चल्ने गरेको छ ।  तर उनीहरू भने अझै नजिक आइसकेका छैनन् । दुई पार्टीबीच समानुपातिक, समावेशी, सहभागीता मुलुक लोकतन्त्रको मुद्दा हेर्ने दृष्टिकोण भने फरक छ ।

"नयाँ शक्ति र विवेकशील पार्टीबीच तत्काल मिल्ने एउटा मात्र सदाचार सुसासनको मुद्दा हो," नयाँ शक्ति पार्टीका प्रवक्ता गंगा श्रेष्ठ भन्छन्, "दुई पार्टीबीच समानुपातिक, समावेशी, सहभागीता मुलुक लोकतन्त्रको मुद्दा भने दुई पार्टीबीच मिल्दैन । नयाँ शक्तिले उठाएको समानुपातिक, समावेशी र सहभागीता मुलुक लोकतन्त्रको मुद्दालाई विवेकशील साझा पार्टीले जातीय मुद्दाको रुपमा बुझेको छ ।" 

विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले पनि नयाँ शक्तिसँग आफूहरुको तत्काल एकता सम्भव नभएको बताए । उनले नयाँ शक्तिको विचार कार्यशैली र रणनीतिमा परिवर्तन आएमा मात्र एकता गर्न सकिने विचार व्यक्त समेत अघि सारे ।

"नयाँ शक्तिको उत्साह हराइसक्यो," उनले भने, "हाम्रो केन्द्रीय समितिको संगठन बाहेक चुनावमा होमियौं । नयाँ शक्तिको ७५ जिल्लामा संगठन थियो तर पनि हामी भन्दा पछाडि हुनुभयो । विद्यार्थी, शिक्षक र वकिलको संगठन बनाएर उहाँहरु पुरानै राजनीति गर्दै हुनुहुन्छ । जातीयताको कुरा उहाँहरुले बुझ्नुभएकै छैन । जातीयता र पहिचानको कुरालाई राज्यले नै सम्बोधन गर्नुपर्छ । ताकि राज्य र समाजमा हरेक नागरिकले उत्तिकै गर्व गर्न सकोस् । जातीयतालाई उहाँहरु राजनीतिकरण गर्दैहुनुहुन्छ ।"
उनले  डा. बाबुराम भट्टराई नै भन्ने गरेको  नेपाल बहुराष्टप्रति नै आपत्ति जनाए । "नेपाल बहुराष्ट्रिय होइन । बहुराष्ट्रको अर्कै अर्थ छ । त्यस्ता कुराहरु ल्याएर नेपालको राजनीतिमा गिजोल्ने होइन । जनताले खोजेको जीवन स्तर सम्बोधन गर्नुपर्‍यो । हरेक जातजाती भाषाभाषीले एउटा स्वभिमान साथ म नेपाली हुँ भन्ने अनुभूति दिनको लागि राजनीतिकरण गरेर हुँदैन । त्यसैले उहाँहरुसँग तत्काल एकता संभव छैन," उनले भने ।

नयाँ शक्तिकै नेता तान्ने विवेकशील साझा पार्टीको दाउ

विवेकशील साझा पार्टीले नयाँ शक्तिका केही नेताहरू नै नयाँ शक्तिको दस्तावेजभन्दा आफूहरुको दस्तावेजसँग धेरै नजिक रहको दावी गरेको छ । त्यसैले उनीहरू आफ्नो पार्टीमा आउन सक्ने आँकलन विवेकशीलको छ ।

नयाँ बन्ने प्रस्तिपर्धा

दुई पार्टीले स्थापनाकालदेखि नै आफूहरुलाई छुट्टै नयाँ सोच, विचार, शैली र रणनीति भएको पार्टीको रुपमा परिचित गराउन चाहन्छन् । उनीहरुले पार्टी एकताको लागि एकअर्कोको विचार, कार्यशैली र रणनीति नयाँ हुनुपर्ने बताएका छन् ।  

नयाँ शक्तिका नेताहरुले पनि दुई वटै पार्टीलाई वैकल्पिक शक्तिको रुपमा जनताले आशा गरेको बताउँदै नयाँ ढंगले सोचेर विवकेशील साझा पार्टी अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । "नेपाली जनताले हामीलाई वैकल्पिक शक्तिको रुपमा आशा गरेका छन्, "नयाँ शक्तिका एक नेताले भने, "त्यसैले उहाँहरु पनि हामी जस्तै नयाँ बन्नुपर्‍यो । विचार कार्यशैलीमा हामी स्पष्ट छौं । पार्टी एकताको लागि विचार, कार्यशैली र रणनीतिमा नजिक हुनुपर्‍यो । वैकल्पिक शक्ति मात्र भनेर नजिक भइँदैन ।" 

विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डे भन्छन्,  "हामी के कुरामा स्पष्ट छौं भने हाम्रो पार्टीको कुनै एउटा एजेन्डा हामीले लुकाएका छैनौं । हामी कतैबाट सञ्चालित, कसैको एजेन्डा बोक्नुपर्ने बाध्यता हामीलाई छैन । हामी खुला किताब जस्तै छौं ।"
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro