site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आफ्नै बासको ठेगान छैन, कसरी दिनु मुस्कानसहितको सेवा ?’
SkywellSkywell

काठमाडौं । नागरिकलाई दिने सेवासुरक्षा प्रभावकारी बनाउने र आमजनतामा प्रहरीको छवि सुधार्ने उद्देश्यले नेपाल प्रहरीले ‘मुस्कानसहितको सेवा’को अवधारणा ल्यायो । प्रहरी प्रधान कार्यालयले यसैअनुसार देशभर सर्कुलर पनि जारी गर्यो । ‘जिब्रोको गरिमा मिठो बोलीमा, मुस्कानसहितको प्रहरी सेवा !’ यो नारा सुन्दा निकै मिठो पनि लाग्छ । 
जनतालाई मुस्कानसहितको सेवा दिनुपर्ने प्रहरी कतिपय जनशक्तिको भने गाँस–बासकै ठेगान छैन । दुर्गम क्षेत्रको त कुरै छाडौं, देशको केन्द्रीय राजधानीसँग जोडिएको ललितपुर महानगरमै स्थिति नाजुक छ । “हाम्रै बस्ने बास र खाने गाँसको ठेगान छैन, कसरी दिनु मुस्कानसहितको सेवा !” महानगरीय प्रहरी परिसर ललितपुरका एक प्रहरी भन्छन्, “ललितपुरमा प्रहरीका आफ्ना भवन छैनन्, टिनको छानोमा बस्नुपरेको छ । बर्खामा पानी चुहिन्छ, दिउँसो घामले बसिनसक्नु हुन्छ ।” 

ललितपुरमा अहिले १२ सय प्रहरीको दरबन्दी छ । परिसरअन्तर्गत २ वृत्त र १७ ओटा प्रभाग, ४ चौकी, ४ बिट र एउटा इलाका प्रहरी कार्यालय छ । तर, साधनस्रोतको अभावमा भनेजस्तो सेवा प्रदान गर्न नसकेको प्रहरीको गुनासो छ । आफ्नै भवन नहुँदा जनतालाई भनेजस्तो सेवा दिन नसकिएको प्रहरी अधिकारी गुनासो गर्छन् । 

एउटा चौकी भाडामा, १७ अरुको भवनमा

KFC Island Ad
NIC Asia

प्रहरी परिसर ललितपुरको आफ्नो भवन छ, अधिकांश  प्रहरी चौकीको आफ्नो भवन छैन । प्रहरी चौकी गिम्दीले मासिक ५४ सय रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ । प्रहरी प्रभाग मंगलबजार पुरातत्व विभागको जमिनमा अस्थायी टहरोमा बसेको छ भने प्रभाग लगनखेल २०६१ सालदेखि नगरपालिकाको भवनमा छ ।

इमाडोल तत्कालीन गाविस भवनमा, धापाखेल वडा नम्बर २४ को कार्यालयमा, पाटनढोका अस्थायी टहरोमा तथा हुनमानस्थान प्रहरी प्रभाग अस्थायी टहरोमा बस्दै आएका छन् । 

Royal Enfield Island Ad

यस्तै प्रभाग लाँकुरीभञ्ज्याङ सामुदायिक वनको जमिनमा, फर्सिडोल सार्वजनिक जग्गामा, चुनिखेल सल्यानटारको एक विद्यालयमा र इलाका प्रहरी कार्यालय टुंगुन सार्वजनिक जग्गामा तथा प्रहरी बिट नख्खु सार्वजनिक जग्गामा बस्दै आएका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटो ढलौट कारखानामा भवन बनाएर बस्दै आएको छ भने प्रभाग बल्खु सार्वजनिक जग्गामा भवन बनाएर बसेको छ । यस्तै प्रभाग लुभु श्रेस्ताबाट प्राप्त भएको तर जग्गा धनीपूर्जा नभएको जमिनमा बसिरहेको छ । 

आफ्नो भवन नुहँदा खानेपानीदेखि अन्य विभिन्न खालका समस्या खेप्नुपरेको गुनासो प्रहरीको छ । परिसर ललितपुरका एसएसपी गणेश ऐर समस्याहरुका बाबजुद प्रहरीले आफ्नो सेवामा कुनै सम्झौता नगरेको बताउँछन् । उनी भन्छन्, “समस्यासँग जुध्ने भनेकै प्रहरी हो । साधनस्रोतको अभावमा केही हदसम्म काम गर्न असहज भने हुन्छ नै ।”

काम गर्दैन प्रहरी सेटले

ललितपुरको झण्डै ७० प्रतिशत स्थान पहाडी क्षेत्रमा पर्छ । कतिपय त विकट क्षेत्र नै छन् । भौगोलिक विकटताले प्रहरीलाई सहज सेवा प्रदान असहज भएको प्रहरी चौकीका इञ्चार्जहरुको अनुभव छ । यहाँसम्म कि उपत्यकाकै छिमेकी जिल्ला हुँदा पनि कतिपय स्थानमा प्रहरी सेटले नै काम गर्दैन । प्रहरी सेटले काम नगर्दा नियमित सूचना आदानप्रदान र गस्तीको व्यवस्थापन गर्न मुस्किल हुने गरेको उनीहरु बताउँछन् । खासगरी ललितपुरको कालेश्वर, टुंगुन, चौगढेलगायतका पहाडी इलाकामा प्रहरी सेटले मुस्किलले काम गर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro