देश
काठमाडौं । आफूलाई वाईसीएलको नेता भएको भन्दै अरुले नदिएको रकम असुल गरिदिने भनेर कमीसन लिएको आरोपमा चक्रे मिलन समूहका गुण्डा आशिष गुरुङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार उनले एक महिलासँग फसेको ८ लाख रकम उठाइदिने भन्दै ५० हजार लिएका थिए ।
८ लाखको चेक वाउन्स भएको र त्यो रकम आफूले असुल गरिदिने भन्दै गुरुङले सम्झना नकर्मीबाट ५० हजार लिएको प्रहरी स्रोतले जनाएको छ । उनी प्रहरीको निगरानीमा रहेको चक्रपथ क्षेत्रमा गुण्डागर्दी आएका व्याक्ति भएको प्रहरी स्रोतले बतायो । नकर्मीलाई अनिता शाही, कविता थापा र वविता शाक्यले ८ लाखको चेक दिएका थिए । तर चेक वाउन्स भएपछि नकर्मीले चिनजान आशिषसँग भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४ १५:५५
प्रतिक्रिया दिनुहोस्