site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३५५ संदिग्धलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी महानिरीक्षक रज्जारुद्दिन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी)का बाँकी सदस्य पत्ता लगाउन गरिएको अनुसन्धानका क्रममा संदिग्धलाई नियन्त्रणमा लिइएको बताए । प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका निम्ति विवादास्पद जीआईएसबी समूहलाई अनुसन्धानको दायरामा राखेको थियो । 

Dabur Nepal
NIC Asia

पक्राउ परेका मध्ये जीआईएसबीका नेता नसिरुद्दिन अलीसहित अरू ३०  सदस्य थिए । 

प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ परिसरमा छापा मारेको रज्जारुद्दिनले बताए । अपरेसनमा कम्तीमा १८६ पीडितको उद्धार गरिएको उनले जानकारी दिए ।

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दिन हुसेनले मंगलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ बैंक खाता ‘फ्रिज’ गरेको बताएका थिए । त्यसमा लगभग एक लाख २४ हजार डलर मौज्दात थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro