site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरधनी र भाडावालको विवरण लिँदै प्रहरी, होला त काठमाडौं अपराधमुक्त ?
SkywellSkywell

काठमाडौं । अपराधमुक्त काठमाडौं बनाउने भन्दै प्रहरीले काठमाडौंका सबै घरधनी र डेरावालाको विवरण संकलन गर्न सुरु गरेको छ । काठमाडौंमा रहेका सबै वृत्त र प्रभागहरुको नेतृत्वमा काठमाडौं प्रहरीले विवरण संकलन अभियान सुरु गरेको हो । 

काठमाडौं जिल्लामा मात्रै रैथाने र बाहिरबाट आएका गरी झण्डै ३० लाख मानिसको बसोबास रहेको अनुमान छ । त्यस्तै, दुईपांग्रे र चारपांग्रे गरी करिब १० लाख सवारीसाधन काठमाडौंका सडकमा गुड्छन् । 

चाहिएको सबै सूचना तत्काल प्राप्त गर्न सकिने र को–कहाँ बस्छ भन्ने सूचनाले प्रहरीलाई सुरक्षा प्रबन्धका लागि सहज हुने परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलको बुझाइ छ । उनका अनुसार घरधनीको विवरणसँगै डेरामा बस्नेको नागरिकता नम्बरदेखि सवारी साधनको नम्बरसमेत प्रहरी कार्यालयमा घरधनीले प्रहरीलाई बुझाउनुपर्नेछ । यो अभियान सुरु भइसकेको र केही दिनमा प्रहरीसँग सबै तथ्याङ्क र विवरण आइपुग्ने पोखरेल बताउँछन् । 

KFC Island Ad
NIC Asia

के छ प्रहरीको फारममा ?
प्रहरीले सबै घरधनीलाई एउटा फारम उपलब्ध गराउनेछ । फारममा सुरुमा घरधनीको विवरण उल्लेख गर्नुपर्नेछ । घरधनीको वास्तविक नामदेखि बोलाउने नाम पनि समावेश गर्नुपर्नेछ । जसमा टोल, मार्ग, वडा, नागरिकता नम्बर, जिल्ला सबै विवरण भर्नुपर्नेछ । 

त्यसपछि घरभाडामा बस्नेहरुको सम्पूर्ण विवरण पनि घरधनीले नै भर्नुपर्नेछ । जसमा नाम, बोलाउने नाम, स्थायी ठेगाना, पेशा व्यवसाय, उमेर, सवारीसाधन भए त्यसको नम्बर उल्लेख गर्नुपर्नेछ । यतिमात्रै होइन, भाडामा बस्न सुरु गरेको मिति, सरेर आएको स्थान, टेलिफोन नम्बर, नागरिकता नम्बर आदि पनि लेख्नुपर्नेछ । यो फारम प्राप्त गरेको मितिले ७ दिनभित्र भरेर पाँच रुपैयाँको टिकट टाँसेर प्रहरीलाई बुझाउनुपर्ने एसएसपी पोखरेलले बताए । 

Royal Enfield Island Ad

के हुन्छ विवरण राख्दा ?
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी पोखरेलको बुझाइमा यो विवरणबाट काठमाडौंको सुरक्षामा ठूलो फाइदा पुग्नेछ । उनी भन्छन्– “सबै विवरण हामीसँग भए पहिले त को–कहाँ बस्छ के गर्छ भन्ने विवरण हामीसँग हुन्छ । यसले निगरानी गर्न सहयोग पुग्छ । कहाँ के गर्ने भन्ने जानकारी पनि प्रहरीलाई हुन्छ ।”

पोखरेलका अनुसार कतिपय जिल्लाबाट भागेर आएका अपराधीको डाटा प्रहरीसँग हुन्छ र घरधनीले दिएको विवरणबाट त्यो पनि खुल्न सक्छ । काठमाडौंमै पनि प्रहरीले धेरैलाई खोजिरहेको हुन्छ, यस्तो अवस्थामा विवरणबाट अपराधीको सम्पूर्ण सूचना प्रहरीसम्म पुग्ने उनको विश्वास छ । 

काठमाडौंमा अहिले ३३ सय प्रहरी कार्यरत छन् । कम जनशक्तिले धेरै सुरक्षा धान्नुपर्ने अवस्थालाई यो विवरणपछि सहज हुने प्रहरीको दाबी छ । 

विवरण नभरे कारबाही 
प्रहरीले विवरण नभर्ने घरधनी वा भाडावालालाई कारबाही गर्ने जनाएको छ । फारमको एक प्रति घरधनीले राख्नुपर्ने र प्रहरी जुनसुकै बेला चेकजाँचका लागि आएको अवस्थामा विवरण फरक परे कारबाही गरिने एसएसपी पोखरेलले बताए । “यो अभियान काठमाडौंकै नागरिकका लागि हो, सबैको सहयोग चाहिन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro