site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
८ महिनामा साढे २ खर्ब लगानीका उद्योग दर्ता, साढे २६ हजारले रोजगारी पाउने

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा साढे २ खर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धतासहित विभिन्न उद्योग दर्ता भएका छन् । ठूला, मझौला र साना उद्योगमा गरी उक्त परिमाणमा लगानी गर्नेगरी उद्योग दर्ता भएका हुन् । 

उद्योग विभागका अनुसार यो लगानीको ठूलो हिस्सा स्वेदेशी नै छ । नेपाली कम्पनीले २ खर्ब ३२ अर्ब ८७ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित उद्योग दर्ता गराएका छन् । ठूला, मझौला तथा साना गरी कुल ३०२ उद्योग दर्ता भएका छन् । 

ठूला ४९, मझौला ६० र साना १९३ उद्योग खुल्ने भएका हुन् । ती उद्योगमा १८ हजार ९०२ जनाले रोजगारी पाउने छन् । 

ठूलामा ७ हजार २६२, मझौलामा ५ हजार २९५ र साना उद्योगमा ६ हजार ३४५ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।  यस्तै चालु आर्थिक वर्षको आठ महिनामा ३४ अर्ब ९ करोड रुपैयाँ वैदेशिक लगानी गर्ने भन्दै विदेशी कम्पनी उद्योग विभागमा दर्ता भएका छन् ।  

विभागका अनुसार १९४ वटा विदेशी कम्पनीले उद्योग दर्ता गराएका छन् ।  १० वटा ठूला, ४ वटा मझौला र १८० वटा साना उद्योग दर्ता भएका छन् । १९४ वटा कम्पनीमा ७ हजार ५४१ जनाले रोजगारी पाउने विभागमा रहेको तथ्यांकमा उल्लेख छ ।

विभागले दिएको जानकारीअनुसार ठूला उद्योगमा १ हजार ५०८, मझौला उद्योगमा २४५ र साना उद्योगमा ५ हजार ७८८ जनाले रोजगारी पाउनेछन् । 

विभागका निर्देशक दुर्गाप्रसाद भुषालका अनुसार विदेशी कम्पनी सबैभन्दा धेरै कृषि उद्योगमा आकर्षित भएका छन् । “विदेशी सबैभन्दा धेरै कृषिमा लगानी गरिरहेका छन् । कृषिपछि जलविद्युत् र सिमेन्टमा लगानी भएको देखिन्छ,” भुषाल भन्छन्, “होटलमा पनि लगानी भएको छ तर यसमा संख्या धेरै भए पनि लगानी सानो छ । होटलमा लगानी भन्दा पनि भैरहेका होटलमा व्यवस्थापन तथा टेक्नोलोजीमा सहकार्य गरेको देखिन्छ ।”

वैदेशिक लगानी दोब्बर
 

विभागको वैदेशिक शाखाका उपनिर्देशक गजेन्द्र बस्नेतका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा दोब्बर बढी लगानी भित्रिसकेको छ । “गत वर्ष १७ अर्ब लगानी भित्रिएको थियो,” उपनिर्देशक बस्नेतले भने, “यो वर्ष आठ महिनामा नै ३४ अर्ब लगानी आइसकेको छ । यो अनुपात हेर्दा यो वर्ष तुलनात्मक रुपमा निकै धेरै लगानी हुनेछ ।”

बस्नेतका अनुसार नेपालमा संख्याको हिसाबले चिनियाँ धेरै रहेको तर लगानीका हिसाबले भने भारतबाट धेरै लगानी आइरहेको छ । चालु अर्थिक वर्षमा चिनियाँ कम्पनीले रसुवाको एउटै हाइड्रोपावरमा २० अर्ब लगानी गरेकाले पनि यो वर्ष गतवर्षको तुलनामा विदेशी लगानीको आठ महिनामै दोब्बरभन्दा माथि पुगेको हो ।  

स्वेदशी र विदेशी गरी ४९६ उद्योगमा २६ हजार ४४३ जनाले रोजगारी पाउने उद्योग विभाग बताउँछ । 

के छ कानुनमा ?
 

यस अगाडिको कानुनमा एक वर्षभित्र दर्ता गरेको उद्योग सञ्चालनमा आइसक्नु पर्ने प्रावधान थियो । एक वर्ष सञ्चालनमा नआए दर्ता खारेज हुने व्यवस्ता थियो । तर संशोधित पछिल्लो ऐन अनुसार दर्ता गर्ने निकायले उद्योग सञ्चालन सुरु हुने समय तोक्नुपर्ने उल्लेख छ । सञ्चालनमा आउन नसके एक महिनाभित्र जानकारी गराई नवीकरण गर्नुपर्छ । “उद्योगको प्रकृतिअनुसार समय दिनुपर्छ भनेर संशोधन गरिएको छ । रेष्टुरेन्ट एक वर्षमा सञ्चालनमा आउन सक्छ तर होटललाई दुई तीन वर्षभन्दा धेरै पनि लाग्न सक्छ । उद्योगको प्रकृति हेरेर समय दिइन्छ,” उपनिर्देशक बस्नेतले भने ।

१० करोडभन्दा कम लगानी भएका साना उद्योगभित्र पर्छन् भने १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योग मझौला र २५ करोडभन्दा माथि स्थिर पुँजी भएका उद्योग ठूला उद्योगअन्तर्गत पर्छन् । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro