site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई तिहाइसँग किन झस्किँदैछ कांग्रेस ? सांसदलाई विपक्षीको भूमिका सिकाउँदै 

काठमाडौं ।  “संविधान संशोधनको विषय अघिल्लो संसद्मा उठ्दै गर्दा यसबारेमा उच्चारणसमेत गर्नु राष्ट्रघात हो भनेको कुरा हामी सम्झन्छौं, तर आज त्यही संविधान संशोधनका विषयमा माथापच्छी गरेर हस्ताक्षर गर्न मात्रै बाँकी छ । के का निम्ति ? दुईतिहाइका निम्ति । यो दुई तिहाइको दिब्यशक्तिको मोहको नियत के हो ?,” प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै गर्दा कांग्रेसका प्रभावशाली नेता गगन थापाले संघीय संसद्मा सम्बोधन गर्दै यस्ता प्रश्न सोधिरहेका थिए ।
त्यतिमात्रै नभएर थापाले प्रधानमन्त्री ओलीमा बलियो प्रधानमन्त्री बन्नुपर्छ भन्ने इच्छा जागेको संकेत गर्दै राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र जस्ता बलिया व्यक्ति मुलुकले ३० वर्ष झेलिसकेको टिप्पणीसमेत गरेका थिए ।

“बलियो नेता राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र ३० वर्षसम्म बेहोरेको होइन ?,” थापाले भनेका थिए, “बलियो व्यक्ति चाहिन्छ भन्ने ठाउँमा पुग्यौं भने फेरि दुर्घटना हुन्छ । कांग्रेस प्रतिपक्षमा बसेर दुर्घटना रोक्न चाहन्छ ।”

नेकपा एमाले र माओवादी केन्द्रले मात्रै सामान्य बहुमतको सरकार बनाउन सक्ने मत प्राप्त गरेका छन् ।  तर केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका राजनीतिक दललाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् । अनौपचारिक सहमतिअनुसार संविधान संशोधन गर्न एमाले तयार भएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर यसलाई कांग्रेसले शंकाको नजरले हेरेको छ । त्यतिमात्रै नभएर कांग्रेसले आफ्ना सांसदहरुलाई विपक्षमा रहेर सरकारलाई कसरी उत्तरदायी बनाउन सकिन्छ भनेर पनि प्रशिक्षण दिएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार कांग्रेसले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले जनताका लागि विपक्षीको भूमिका सरकारको भन्दा बढी महत्वको हुने भन्दै कांग्रेसको अबको प्रस्तुतीलाई जनताले हेरिरहेको बताए ।

“संसद्मा सत्तापक्षको भन्दा बढी प्रतिपक्षीको भूमिका महत्व र जिम्मेवार हुन्छ,” देउवाले भने, “सत्तापक्षले नराम्रो काम गर्न लाग्यो भने खवरदारी गर्न प्रतिपक्ष हो, त्यसको लागि धेरै अध्ययन गर्नुपर्छ । देशभरका जनताले संसद्मा कांग्रेसले कस्तो भूमिका खेल्छ भनेर हेरेका छन् । कांग्रेसको प्रस्तुती हेरेर नै जनताले अबको चुनावमा मतदान गर्छन् । त्यसैले अबको पाँचवर्षमा कांग्रेसलाई भोट हाल्ने बनाउन आजैदेखि लागौं ।”

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि सांसदहरुलाई कसरी संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने जानकारी गराए ।

सांसदहरुलाई निर्देशन दिँदै पौडेलले भने, “संसदमा प्रतिपक्षीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । हामी अहिले ज्यादै गम्भीर मोडमा आइपुगेका छौं । लोकतन्त्र सफल हुनको लागि लोकतन्त्रप्रति,जनताप्रति सधैँ उत्तरदायी हुनुपर्छ । विरोधका लागि विरोध होइन । तर्कसहितको विरोध हुनुपर्छ ।”

“बिहानदेखि बेलुकासम्म भएका घटनाहरुको जानकारी राख्नुहोस् । हामी संसदमा तयारीका साथ उपस्थित हुनुपर्छ,” उनले भने, “आफूले उठाउन खोजेको विषयमा पहिला आफैँलाई जानकारी हुनुपर्दछ । यदी आफूले उठाउन खोजेको विषय अस्पष्ट भए विज्ञहरुलाई सोध्नुहोला ।”

नेता पौडेलले योग्यता र इमान्दारीताको आधारमा संसदमा सांसदहरुको महत्व राख्ने जोड समेत दिए । नेपाल मजुदर किसान पार्टीको उदाहरण दिँदै पौडेलले भने, “संसदमा प्रतिपक्षीको भूमिका संख्याको आधारमा भन्दापनि योग्यता र इमान्दारीको आधारमा हुन्छ । अघिल्ला संसद बैठकहरुमा नेमकिपाले प्रतिपक्षीको भूमिका राम्रोसँग निर्वाह गर्यो । त्यसबेलामा मलाई लाग्थ्यो कि प्रतिपक्ष भनेको त नेमकिपा मात्रै हो । त्यसैले संसदमा प्रतिपक्षीको भूमिकाको लागि योग्यता र इमान्दारीताले महत्व राख्छ । संख्याले होइन् । तपाईंहरु आजदेखिनै योग्य र इमान्दारी बन्ने कोशिस गर्नुहोला ।”

प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरुले दुईतिहाइको अर्थ खोज्नैपर्ने धारणा राखेका थिए ।

“दुईतिहाइको सरकारको अर्थ हामीले खोज्नैपर्छ,” पौडेलको धारणा थियो । उनले दुईतिहाइले मुलुकलाई सर्वसत्तावादतर्फ लैजानसक्ने आशंका पनि गरे ।

किन तर्सिँदैछ त कांग्रेस ? 
 

“सामान्य बहुमत हुँदाहुँदै दुईतिहाइ के का लागि त ?,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाह्रखरीसँग कुरा गर्दै भने ।

“दुईतिहाइ वाम गठवन्धनलाई चाहिएको हो कि मधेस केन्द्रित दललाई ?,” उनको प्रश्न थियो, “चुनावमा मधेसी दलसहित दुईतिहाइ भनेको हो कि एमाले माओवादीको मात्र दुई तिहाइ भनेको हो ? हिजो कांग्रेसले संविधान संशोधन गर्न खोज्दा एमालेले किन मानेन ? अहिले केको आधारमा संविधान संशोधनको तयारी हुँदैछ ? हिजो संविधान संशोधनलाई राष्ट्रघात भन्ने एमालेले के को आधारमा संविधान संशोधन गर्न खोज्दैछ ?”

त्यतिमात्रै नभएर विभिन्न निकायहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर सरकारले के गर्न खोजेको हो ? भन्ने प्रश्न पनि शर्माले अघि सारे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro