site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेलमार्ग बने पनि नेपालमा रेल चलाउने ड्राइभर छैनन्
SkywellSkywell

काठमाडौं । जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माण  अन्तिम चरणमा पुगे पनि नेपालमा रेल चलाउने दक्ष जनशक्ति छैन । नेपालमा रेल सञ्चालनमा नरहेकाले रेल चलाउने जनशक्ति पनि उत्पादन नभएको हो । रेल सञ्चालनमा आउने अवस्था आए पनि त्यसका लागि आवश्यक जनशक्ति नरहेको रेल विभाग बताउँछ । 

“नेपालमा रेल चलाउन सक्ने, रेलको सिग्नल स्टेशनलाई दिने र स्टेशनमा बसेर सिग्नल दिने जनशक्ति पनि छैन,” रेल विभागका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्याय भन्छन्, “नेपालमा रेल नै नभएपछि रेल चलाउने जनशक्ति हुने कुरै भएन । यसका लागि पनि हामीले बाहिरबाटै जनशक्ति मगाउनुपर्ने अवस्था छ ।”

सरकारले रेल सञ्चालनका लागि जनशक्ति पनि ‘आउटसोर्सिङ’ गर्नुपर्ने बाध्यता छ । त्यसैले नेपालले रेल सञ्चालनमा भारतसँग गरेको सहयोगको आग्रहमा उसले सारेका विभिन्न प्रस्तावमा रेल विभागले जनशक्तिसहितको ‘आउटसोर्सिङ’ नेपालका लागि उपयुक्त विकल्प हुने बताउँछ । 

KFC Island Ad
NIC Asia

नेपालले अहिले आफैंले रेल किने पनि चलाउने जनशक्ति नभएको भन्दै उपाध्याय भन्छन्, “रेल भए पनि बाहिरबाटै चालक झिकाउनुपर्ने भएकाले भारतबाट दक्ष जनशक्तिसहित रेल ‘आउटसोर्सिङ’ गर्ने र यसमा दुई वर्षभित्र रेल चलाउन आवश्यक जनशक्ति तयार गरिदिनेसहितको सम्झौता गर्नसके दुई वर्षभित्र नेपालले रेल किन्दा चलाउने आफ्नै जनशक्ति हुन्छ, यो विकल्पबारे हामी मन्त्रालयमा बिफ्रिङ गर्दैछौं ।”

सडक बनाएपछि निजी क्षेत्रले आफैं सवारीसाधन चलाए पनि रेल भने महँगो पर्ने भएकाले सरकार आफैंले सञ्चालन गर्नुपर्ने बाध्यता हुन्छ । यसका लागि आवश्यक जनशक्ति पनि आफैं खोज्नुपर्ने हुन्छ । 

Royal Enfield Island Ad

रेल अर्डर गर्नुपरे नेपालमा रेलको डिलर छैन । डिलर नभएकाले रेल अर्डर गर्न पनि बाहिर नै जानुपर्ने अथवा अरुलाई नै गुहार्नुपर्ने बाध्यता छ । 

आफ्नै देशमा रेल चलाउने जनशक्ति पनि नरहेको र पर्याप्त बजेट पनि नभएकाले सरकारले अहिले नयाँ रेल किन्ने विकल्पलाई भने प्राथमिकतामा राखेको छैन ।  

नेपाल आफैंले नयाँ रेल किनेर चलाउन नेपालले नसक्ने भएपछि भारतले विभिन्न प्रस्ताव अगाडि सारेको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेपनि उक्त रेलमार्गमा चलाउने रेल नभएपछि नेपालले भारतबाट सहयोगको अपेक्षा गरेपछि भारतले विभिन्न प्रस्ताव अघि सार्दै आएको छ । भारतका विभिन्न सर्तमध्ये उसले आफ्नो देशमा सञ्चालन गर्दै आएका पुराना रेल नेपालसम्म चलाउने सर्तलाई मुख्य रुपमा अगाडि सारेको छ । तर, यो प्रस्ताव नेपालले स्वीकार गरेको छैन । 

“यो प्रस्ताव सुरुदेखि नै भारतले गर्दै आएको छ तर हामीले यो प्रस्तावमा सहमति जनाएका छैनौं,” रेल विभागका एक अधिकारी भन्छन्, “ब्रोड गेजमा सञ्चालन भइरहेका त्यस्ता रेल हाम्रो रेलमार्गमा पनि सञ्चालन त हुन्छ तर त्यो हाम्रो अनुकूल छैन ।”

यो प्रस्ताव नेपालका लागि अनुकूल नभएको र यसमा सहमति नजनाउन रेल विभागले अब आउने विभागीय मन्त्रीलाई पनि सुझावसहितको व्रिफिङ गर्ने तयारी गरिरहेको छ ।

नेपाल–भारत वार्ता र केही समय अगाडि भएको भिडियो कन्फरेन्समा पनि भारतीय अधिकारीहरुले यसमा जोड दिएका थिए । भारतले अहिले आफ्नो देशमा सञ्चालन भइरहेका पुराना रेललाई विस्थापित गरेर द्रुत गतिको रेल सञ्चालन गर्ने योजना बनाइरहेको छ । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित शक्ति राष्ट्रमा जाँदा बुलेट रेल सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै आएका छन् । 

भारतले आाफ्नो रेल नेपालसम्म चलाइदिँदा नेपालले रेल किनेपछि पनि ऊ नजाने सम्भावना रहने भएकाले त्योभन्दा भाडामा किनेर चलाउन सकिने रेल विभागका प्रवक्ता प्रकाश उपाध्याय बताउँछन् । विभिन्न देशका महावाणिज्य दूतावास हटाउन खोज्दा पनि नसकिएको भन्दै उनी भन्छन्, “हामी भारतकै रेल केही वर्षका लागि भाडामा लिएर चलाउन सक्छौं,” प्रवक्ता उपाध्याय भन्छन्, “यसो गरियो भने पछिलाई समस्या हुँदैन र हामीले आफ्नै रेल किनेपछि भाडाको रेल फिर्ता गर्न सक्छौं ।” 

भारतसँग नयाँ रेल अनुदानमा पनि माग्न सकिने अथवा केही वर्षका लागि किनीमाग्न पनि सकिने अर्को विकल्प रहेको रेल विभाग बताउँछ तर यसमा खासै छलफल भएको छैन । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro