site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । व्यवसायी पवन सांघाइलाई अपहरण गरी ८० लाख फिरौती मागेको अभियोगमा तीनवर्ष जेल बसेर अघिल्लो साउनमा छुटेका पुर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् । काठमाडौंको डिल्लीबजारबाट सांघाइलाई अपहरण गरी भारतीय भूमिमा पुर्याएर गुप्ताले फिरौती मागेका थिए । गुप्ताले ललितपुरकी एक महिला व्यवसायीलाई धम्क्याएर ५० लाख माग गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । उनले ती महिलालाई बारम्बार टेलिफोनमार्फत रकम नदिए अपरहण गरी बेपत्ता बनाईदिने धम्की दिने गरेको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी प्रवक्ता डीएसपी इश्वर कार्कीले बाहखरीसँग भने,“पुर्वमन्त्री गुप्ताले बारम्बार टेलिफोनमार्फत रकम माग गरेको खुलेको छ । उनले ५० लाख मागेका रहेछन् । त्यो रकम नदिए जे पनि हुन सक्छ भन्दै धम्क्याएको तथ्य फेला परेपछि हामीले फक्राउ गरी अनुसन्धान अघि बढाएका छौं ।” प्रहरीले पीडित व्यवसायी महिलाको नाम भने गोप्य राखेको छ । उजुरीका आधारमा सोमबार दिउसो ललितपुरको ताछिखेलस्थित घरमा रहेका बेला पुर्वमन्त्री गुप्तालाई पक्राउ गरिएको थियो । पक्राउ परेका गुप्तालाई अपहरण तथा शरीर बन्धक अभियोगमा अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको उनले जनाए । तीनवर्षको जेल बसाई पछि रिहा भएका गुप्ताले सदभावना पार्टी यूनाइटेड दल गठन समेत गरेका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७३  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro