राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नपठाउने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले देउवा नेतृत्वको सरकारमा सहभागी भएका नेताहरुलाई नपठाउने निर्णय गरेको वर्षमान पुनले जानकारी दिए ।
उनका अनुसार सातवटा मन्त्रालय माओवादीको भागमा परेकाले ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सहभागी गराइनेछ । त्यसमा समावेशीतालाई पनि ध्यान दिइने उनले बताए ।
त्यसैगरी माओवादीले एमालेसँग गर्न लागेको एकताको विपक्षमा उभिएका नेताहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४ २१:३९
प्रतिक्रिया दिनुहोस्