site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । सोमबार बिहान नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा प्रहरी निरीक्षक गोविन्द पन्थीसँग नेपालगन्जका रामबहादुर नेपाल र रोल्पाका यादव विक्रम सेन आँखाभरि आँशु पारेर कुराकानी गर्दैथिए ।
उनीहरू दलालमार्फत ठगिएर विदेशमा दुःख पाएर फर्किएका रहेछन् । यही दुखेसो प्रहरी निरीक्षक पन्थीलाई बेलिबिस्तार लगाउँदै थिए उनीहरु ।
उनीहरू दुवैलाई रोल्पाका खुमबहादुर केसी र रूकुमका मानव थापाले ‘भिजिट भिसा’मार्फत पौने दुई लाख रूपैयाँ लिएर दुबई पठाएका रहेछन् ।
उनीहरु दुबई त पुगे, तर काम पाएनन् । त्यसपछि बल्ल उनीहरुले आफूहरु ठगिउको चाल पाए । “भिजिट भिसामा दुबई जाने हो भने राम्रो काम पाइन्छ भनेर फसाए,” उनीहरु प्रहरीसमक्ष गुनासो गर्दैै थिए, “हामीले एकजनाले एक लाख ७५ हजार रुपैयाँ बुझाएका छौं ।”
म्यानपावर कम्पनीबाट पठाउँदा ढिलो हुने भन्दै दलालहरुले भिजिट भिसामा पठाउने गरेको प्रहरीको भनाइ छ । यस्ता अरु केस पनि प्रहरीसम्म बेलाबेलामा आउने गरेका छन् । 
“यस्तो होला भन्ने थाहा भएन, गाउँबाट चर्को ब्याजमा दुई लाख ऋण गरेर आएका हौं,” यादव सेनले आँखाभरि आँशु पार्दै भने, “हामीलाई लगेर एक महिना दुबईमा राखियो । न काम पाइयो, न त अहिले रकम नै फिर्ता हुन्छ ।”
दुवै पीडितले आफूहरुलाई ठगी गर्ने दलाललाई कारबाहीको माग गर्दै प्रहरीसमक्ष उजुरी दिएका छन् । “उता काम तयार छ, म्यानपावरमार्फत जाने हो भने ढिला हुन सक्छ, त्यसैले सिधै भिजिट भिसामा गएर काम गर्ने भनेर हामीलाई फसाइएको रहेछ,” उनीहरुको गुनासो थियो ।
उनीसँगै नेपाल फर्केका रामबहादुर नेपालले पनि उस्तै दुखेसो गरे । एक महिनासम्म दुबईको एउटा कोठामा बसेर फर्किएको उनले सुनाए । “हामीसँग खाने पैसा पनि थिएन, कति दिन त भोकै बस्नुपर्यो,” उनले भने, “कहिले काम पाइएला र काम गरी पैसा कमाएर खाउँला भन्ने सोचेका थियौं । एक महिनाको भिसा पनि सकियो अनि पक्राउ पर्ने डरले हतारहतार फर्कियौं ।” 
प्रहरीले केही उद्धार गर्छ भन्ने सुनेर आफूहरु अपराध महाशाखामा आइपुगेको उनीहरुले सुनाए । “सरले निवेदन लेख भन्नुभएको छ, अब त केही हुन्छ कि ?” उनले  भने, “यी दुई दलालले हामीलाई मात्र हैन, हामीजस्ता धेरैलाई दुबईमा लगेर बेपत्ता बनाएका छन् ।”
अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार नेपाल र सेन त ठगिएका प्रतिनिधि उदाहरणमात्र हुन् । दलालको प्रलोभनमा परेर दैनिक ५–७जना युवाहरु ठगिइरहेका छन् । “वैदेशिक रोजगारीमा देखिएको बेथिती धेरै कम त भयो, तर पूरै हटेको छैन,” एसएसपी खनालले बाह्रखरीसँग भने, “पीडित भएरै आउने हो प्रहरीको ढोकामा । प्रहरीले उसको पीडा सुन्नैपर्छ र समस्याको समाधान गर्नैपर्छ । त्यसैले हामी २४ घण्टा सेवा सुचारु राखेर पीडितकोउद्धारमा जुटेका छौं ।” 
ठगी युनिटका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार दैनिक ५ देखि ७ वटासम्म वैदेशिक रोजगारीसम्बन्धी ठगीका उजुरी आउने गरेका छन् । पन्थी भन्छन्, “दलालहरुले प्रमाण नै नभेट्ने गरी ठगी गरेका हुन्छन्, उनीहरुलाई समात्नै मुस्किल पर्छ । उजुरी लिएर आउने पीडितको अवस्था हेर्दा गर्नैपर्ने हुन्छ, तर प्रमाण भने केही हँुदैन ।” दलाल फरार भएपछिमात्र प्रहरीमा उजुरी आउने उनले बताए । आफू ठगिएको थाहा पाउनासाथ प्रहरीमा आउन उनको सुझाव छ । 
एक महिना दुबई बसेर नेपाल फर्केका रामबहादुर र यादव सेनजस्ता थुप्रै युवालाई दलालहरुले अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर विदेश पठाउने गरेका छन् ।  “भिजिट भिसामा दुबई जानेको बैंक ब्यालेन्सदेखि डलर पनि देखाउनुपर्छ । तर, अध्यागमनका कर्मचारी केही हेर्दैनन्, उनीहरुलाई त ड्युटीमात्र पूरा गर्नु छ,” एक प्रहरी अधिकारीले भने, “उनीहरु पनि राज्यका जिम्मेवार निकाय हुन्, उनीहरुले पनि आफ्नो नागरिक ठगिएको र दुःख पाएकोमा चासो राख्नुपर्छ ।” 
सेटिङको जालो अझै कायम
महानगरीय अपराध महाशाखाले म्यानपावर र वैदेशिक क्षेत्रमा भएको बेथितिबारे अप्रेसन गर्नुभन्दा पहिले एयरपोर्ट सेटिङको रेट पनि सस्तो थियो र सहज पनि थियो । 
वैदेशिक रोजगारीको क्षेत्रमा भएको बेथिती हटाउन जव महाशाखाले अप्रेसन थाल्यो, अनि म्यानपावर, दलाल र श्रमका कर्मचारी हुँदै अध्यागमनका कर्मचारीको धन्दा पनि बन्द भयो । 
त्यसपछि उनीहरुले ५ हजारमा हुने सेटिङ ४० हजारमा पुर्याए । “पहिलाको जस्तो बेथिती छैन, तर पनि रोखिएको छैन,” एसएसपी खनाल भन्छन्, “यो बेथिती रोक्न प्रहरी खटिएको छ, त्यसैले पीडित प्रहरीकोमा ढोकामा आउन थालेका छन् ।”
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७३  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro