विशेष
काठमाडौं । हिन्दु महिलाहरूको महान चाड तिजको ब्रत बसेका महिलाहरूलाई पशुपति दर्शनका लागी प्रहरीले विषेश व्यवस्था लागु गरेको छ ।
पशुपति क्षेत्रमा कुनै पनि आपराधिक कृयाकलाप नहोस र पशुपति दर्शन गर्न गएका महिलाहरूले कुनै पनि समस्या भोग्न नपरोस भन्दै प्रहरीले विषेश सुरक्षा परिचालन गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम थापाका अनुसार पशुपति क्षेत्रमा मात्र तीन हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ, भने एक हजार भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
पशुपति दर्शन गर्न पुगेका महिलालाई कुनै पनि समस्या नहोस भन्दै प्रहरीले एक हजार भन्दा बढी महिला प्रहरी परिचालन गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी थापाले बाहखरीसँग भने, “दर्शन गर्न पशुपति पुगेका महिलाले कुनै खालका समस्या भोग्न नपरोस र उनीहरुले सहजै दर्शन गर्न पाउन भन्नका लागी राति देखिनै उल्लेख्य प्रहरी परिचालन गरिएको छ ।”
उनका अनुसार महिलाहरुलाई दर्शन गराउनका लागी एक हजार महिला मात्र परिचालित छन् ।
“विगतको कमिकमजोरीलाई केलाएर हामीले आजको सुरक्षा व्यवस्था चुस्त बनाएका छौं, अहिलेसम्म कुनै समस्या आएको छैन, हामी सहजै दर्शन गरेर घरसम्म पुग्ने वातावरण श्रजना गरेका छौं” एसएसपी थापाले भने ।
उनका अनुसार अहिले महिलाहरू गौरीघाट, मित्रपार्क, पिङ्गलास्थान र बनकाली क्षेत्रबाट लानमा रोखर दर्शन गर्ने व्यवस्था मिलाईएको छ । पशुपति मन्दिरका चारओटै ढोका खोलीएको छ । भने पशुपति मन्दीर भित्रको सुरक्षा व्यवस्था नेपाल प्रहरी प्रदान गरेको छ ।
आपराधिक गतिविधि रोख्न शादा पोसाकका प्रहरी परिचालीत
मानिसहरूको भिडभाडको मौका छोपी अपराधीले विभिन्न गतिविधि गर्नेदेखि चोरी तथा लुटपाटका घटना हुन सक्ने भन्दै सादा पोसाकका प्रहरी परिचालन समेत गरिएको छ ।
“अपराधीले मानिसको भिडमाडको मौका छोपी विभिन्न घटना घटाउन सक्छन् त्यसैले हामीले उनीहरूको चलखेल पत्ता लगाउन व्यापक सादा पोसाकका प्रहरी परिचालन गरेको छौं,” एसएसपी थापाले भने, “यस्तो बेला चोरी डकैती तथा पाकेटमारका घटना हुन सक्छन् हामी सचेत छौं यस्ता घटना हुन नदिन हामीले भिडमाडमा सादा पोसाकका प्रहरी परिचालन गरेका हौं ।”
कुनै पनि नागरिकले आपत–विपद भोग्न नरोस र अपराधीको चपेटामा नपरुन भन्नका लागी हामी सचेत छौं– एसएसपी थापाको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७३ ०९:३४
प्रतिक्रिया दिनुहोस्