site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टुंगो लाग्यो प्रदेश नम्वर ७ का प्रदेश कार्यालय, शपथ ग्रहण पार्टी प्यालेसमा  

धनगढी । धनगढीलाई ७ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय, निवास, प्रदेश सभा बैठक र प्रदेश सासंदहरुलाई सपथ ग्रहणका लागी भवनको टुङ्गो लगाईएको छ ।

धनगढीको जिल्ला प्रशासन कार्यालयमा बसको प्रदेश कार्यालय व्यवस्थापन समितिको बैठकले ती स्थानहरुको टुङ्गो लगाएको हो । क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडल, उप–प्रशासक शंकरबहादुर विष्ट, जिल्ला प्रशसनका प्रतिनिधि, शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुखको टोलीले २ दिन प्रदेश प्रमुखको कार्यालय र निवासको लागी एक दर्जन बढि कार्यालयको निरीक्षणपछि निर्णय गरिएको हो । 

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा प्रदेश प्रमुखको सचिवालय र बनदेवी मन्दिरसँगै जोडिएको क्षेत्रीय वन निर्देशनालयमा निवास राख्ने निर्णय गरिएको हो । यस्तै प्रदेश सभाको वैठक राख्नका लागि जिल्ला समन्वय समितिको सभाहललाई टुङ्गो लगाईएको छ । 

प्रदेश सभा सदस्यलाई सपथ ग्रहणका लागि सरकारी कार्यालयमा संभव नदेखिएपछि शुभश्री पार्टी प्यालेसमा सपथ ग्रहण कार्यक्रम राख्ने निर्णय गरिएको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडलले वताए । दुई दिन अनुगमन निरीक्षणपछि स्थान टुंगाउने काम भएको हो उनले भने– त्यसका लागि सवै किसिमले उपयुक्त भएका स्थानहरुलाई छनोट गरेका छौं । 

प्रदेश प्रमुखको निवास, सचिवालय, प्रदेश सभा बैठक र प्रदेश सासंदहरुको सपथ ग्रहणका लागी कार्यालयको पहिचान गरिएसँगै आजदेखि नै तयारी थालिएको छ । प्रदेश प्रमुखको सचिवालयमा रङरोगन लगायतका अन्य व्यवस्थापन भईरहेका छन् । यसलगत्तै मुख्यमन्त्री निवास, मन्त्रालयहरु र मन्त्रीहरुको निवासको पनि टुंगो लगाउनुपर्ने हुन्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro