site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रान्डकै चामलको काठमाडौंमा नक्कली उद्योग ! १० हजार बोरा जफत : तीन उद्योगमा सिल

काठमाडौं । सामाजिक सञ्जालदेखि रेडियो, टेलिभिजन, अनलाइन न्युज पोर्टलहरुमासमेत विभिन्न ब्रान्डका महंगा चामलका ठूला विज्ञापन देखिन्छन् ।  यसरी देखिने विज्ञानपकै भरमा विश्वास गरेर मध्यम परिवारदेखि उपल्ला घरानियाको भन्सामा त्यही चामल पुग्छ ।

तर, विज्ञापनकै भरमा विश्वास गरेर त्यसरी खरिद गर्दैै भान्सासम्म पुग्ने चामल गुणस्तहीन र म्यादसमेत गुज्रिएको चामल हुनसक्छ ! होसियार रहनुहोला । 

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुणतस्तर विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले गरेको एउटा अपरेशनले त्यही पुष्टि गरेको छ ।

प्रहरीकै सूचनाका आधारमा अन्य तीनवटा निकायले बुधबार काठमाडौंको तीनठाउँमा राखिएको चामलको ठूलो गोदाममा छापा मारेको थियो । सोही क्रममा पछिल्लो समय बजारमा सबैभन्दा धेरै माग हुने ब्रान्डका चामल नै गुणस्तरहीन र म्यादसमेत गुज्रिएको फेला परेको प्रहरीले जनाएको छ ।

त्यसरी बजारमा चामल पठाउने समूहका तीन जनालाई प्रहरीले पक्राउसमेत गरेर वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको जिम्मा लगाएको छ ।

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–९ की कल्पना बुढाथोकी, तारकेश्वर नगरपालिका–७ का खगेन्द्र खत्री र नागार्जुन नगरपालिका–४ का मुकेश सिंह छन् ।

उपत्यका प्रहरी कार्यालय टेकुका प्रहरी प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार बुढाथोकीले सञ्चालन गरेका देवकोटा चिउरा तथा चामल मिलको गोदाम, खत्रीले सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग र सिंहले सञ्चालन गरेको श्री गढीमाई प्याकेजिङ उद्योगमा सिल समेत गरिएको छ ।

उनीहरुले उद्योग दर्ताबेगर उद्योग सञ्चालन गरेकोसमेत भेटिएको छ ।

यसरी उत्पादन गर्थे गुणस्तरहीन चामल

प्रहरी अनुसन्धानका क्रममा तीनवटा उद्योगले नै सक्कली चामलका बोरामा नक्कली चामल प्याक गरेर बजारमा पठाउने गर्थे ।  प्रहरीका अनुसार उनीहरुले पछिल्लो समय बजारमा धेरै माग हुने गरेको चामलहरुका ५० ब्रान्डका आफैँले प्याकेजिङ गरेर बजारमा बिक्रीका लागि पठाउने गरेका थिए ।

उनीहरुले पठाएको चामल ठूला डिपार्टमेन्ट स्टोरदेखि खाद्य पसलहरुसम्म पुग्ने गरेको खुलेको छ । 

प्रहरीका अनुुसार उनीहरुले बजारमा चलेका चामलका बोरा संकलन गर्ने र भारत र तराईका विभिन्न जिल्लाबाट अर्को र सस्तो मूल्यका चामल ल्याएर आफैँ प्योकेजिङ गर्ने गरेको खुलेको हो ।

त्यस्तै अन्य विभिन्न ब्रान्डका चामल राख्न भारत हुँदै बोरासमेत नयाँ ल्याएर त्यसमा गुणस्तरहीन र म्याद समेत गुज्रिएको चामलमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको थिए ।

प्रहरीले उनीहरुले अवैध तरिकाले चामल प्याकेजिङ गर्न प्रयोग गरिने मेसिन, छापा र स्टिकरसमेत बरामद गरेको छ । 

प्रहरीका अनुसार बुढाथोकीले सञ्चालन गरेको उद्योगमा बजार पठाउन तयारी अवस्थामा राखिएका दुई हजार पाँचसय १६ बोरा चामल, विभिन्न ब्रान्डका एक हजार ४३ बोरा चिउरा सिल गरिएको छ ।

यसरी नै खत्रीको गोदामबाट एक हजार ५४४ बोरा चामल, ६४ बोरा चिउरा तयारी गर्न राखिएको दुई हजार ५१६ बोरा चामल र एक हजार ४३ बोरा चिउरा सिल गरिएको छ ।

मुकेश सिंहको उद्योगमा रहेको चारहजार सात सय पाँच बोरा चामल र चार सय ९० बोरा चिउरा तयारी अवस्थामा फेला पारेको छ ।  खाद्य प्रविधि तथा गुणतस्तर विभाग सिल गरेर थप अनुसन्धान अघि बढाएको छ ।  वाणिज्य विभागका निर्देशक डिकबहादुर कार्कीले प्रहरीले खाद्य विभागसहितको तीनवटै निकायले अनुसन्धान जारी राखेको बताए ।

“हामीले अनुसन्धान गर्दैछौँ । मूख्यतः उनीहरुले नक्कली चामलको उद्योग नै खडा गरेर अरुको ब्रान्डलाई आफ्नो बनाएर बिक्री गरेको देखिन्छ । त्यो गुणस्तरसमेत देखिएको छैन । यसको रिपोर्टको प्रक्रिया हुँदै छ,” कार्कीले भने । 

उनीहरुलेमाथि कीर्ते कानुनसमेत आकर्षित हुने उनको भनाइ छ । प्रहरीकै सूचनाको आधामा र आफ्नो टोली गएको कार्कीले बताए ।  अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्का नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको हो । 

प्रहरीलाई एक चर्चित थकाली भान्सा घरले दिएको सूचनाका आधारमा सिंहसहितले सञ्चालन गरेको उद्योगमा छापा मारेको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro