site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चाले नागरिकसँग अन्तरक्रिया गर्ने, १५ गते काठमाडौंमा हजारौँ नागरिक उतार्ने 

काठमाडौं । समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने भएको छ । 

भोलि होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ । मोर्चाका नेता खड्गबहादुर विश्वकर्माका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।

“विषय जटिल बन्दै गएको छ भन्ने निष्कर्षमा हामी पुग्यौँ,” उनले भने, “बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रियाको आयोजना गरेका छौँ । त्यसपछि पत्रकार सम्मेलन गरेर १५ गते आयोजना गर्न लागिएको कार्यक्रमका बारेमा जानकारी दिनेछौँ ।”

राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि १५ गते काठमाडौंमा हजारौँ नागरिक उतार्ने तयारी गरिएको उनले जानकारी गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro