site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नागढुंगा सुरूङको काम ८७ प्रतिशत सकियो, एक वर्षपछि सञ्चालनमा 
फाइल तस्बिर

काठमाडौं । नागढुंगा सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८७ प्रतिशत काम सकिए पनि पूर्ण सञ्चालनमा आउन अझै एक वर्ष लाग्न सक्ने आयोजनाले जनाएको छ ।

सुरूङ निर्माणमा देखिएको अवरोध तथा सुस्त गतिका कारण ४२ महिनामा निर्माण सकिनुपर्ने अझै सकिएको छैन । राजधानी भित्रिन सहज बनाउने नागढुंगा सुरूङ मार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ  ।

आयोजनाको झन्डै ८७ प्रतिशत काम सकिए पनि नियमित यातायात सञ्चालनको लागि अझै एक वर्ष लाग्नेछ ।  आयोजनाको काम करिब अन्तिममा पुग्दा पनि सञ्चालन मोडालिटी भने तयार भएको छैन । सुरूङ मार्ग सन् २०२५ को अन्त्यमा ‘सफ्ट ओपनिङ’को तयारी छ ।

सुरूङ मार्गको मुख्य ढलान सकिएको छ । आपत्कालीन उद्दारतर्फको ढलानको काम आधा सकिएको आयोजनाले जनाएको छ । त्यसको तीन महिनापछि मात्रै नियमित रूपमा सवारी सञ्चालन हुने सुरूङ मार्गका सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए । 

“सुरूङ मार्गको काम ८७ प्रतिशत सकिएको छ,” उनले भने, “निर्माण सकिएपछि तीन महिना सफ्ट ओपनिङ हुन्छ । त्यसपछि मात्रै नियमित सञ्चालनमा आउँछौं ।”

यसको लागि अझै एक वर्षबढी समय लाग्ने पन्थीले जनाए । आपतकालीन अवस्थाबाहेक अन्यका लागि अझै एक वर्षको समय लाग्ने उनले जानकारी दिए । 

“समस्या नै पर्‍यो भने त एम्बुलेन्सहरू छिराउन सकिएला । तर, त्यो पनि गाइडलाइनमा छैन,” उनले भने । 

सफ्ट ओपनिङमा सीमित गाडीहरू मात्रै सञ्चालन हुनेछ । सफ्ट ओपनिङमा टोल शुल्क लिने वा नलिने बारे हालसम्म कुनै निर्णय नभएको उनको भनाइ छ । यस्तै बलम्बुतर्फको फ्लाई ओभरको काम पनि अन्तिम चरणमा पुगेको छ । 

“फ्लाइ ओभरतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । केही रेलिङ हाल्न बाँकी छ,” उनले भने,“फ्लाई ओभरतर्फ ९७ प्रतिशतको हाराहारीमा काम सकिएको छ ।”

आयोजनामा स्थानीयको अवरोध तथा कोरोनाले गर्दा पटक–पटक म्याद थप गरिरहेको छ । यसपटक भने समयमै सकिने पन्थी बताउँछन् ।  सुरूङ मार्गको टेस्टिङका लागि जापानी टोली आउने तयारी रहेको पन्थीले जनाए । 
गत साता एउटा घरमा क्षति भएको भन्दै अवरोध भएको थियो । कुनै अवरोध नभएमा निर्धारित मितिमा आयोजनाको काम पूरा हुनेछ । 

सुरूङ मार्ग ०७६ कात्तिक ४ बाट निर्माण सुरू भएको थियो ।  ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोभिडको बाहना देखाएर म्याद थप भएको थियो । सोहीअनुसार सरकारले पटक–पटक गरेर थप दुई सम्झौता गरेको छ । 

पहिलो सम्झौताअनुसार सुरूङमार्गको कार्य सम्पन्न नभएपछि पहिलो पटक ०८० असार मसान्तसम्म समय थपिएको थियो ।  सो पछि ०८१ वैशाख १३ सम्म म्याद थपे पनि काम सकिएन ।  आयोजनासँग अब ०८२ असोजसम्म म्याद छ  । आयोजना सुरू गर्दा ४२ महिनामा सक्ने लक्ष्य थियो । 

तर, आयोजना सुरू भएको ६४ महिनासम्म पनि पूरा भएको छैन । आयोजनामा सवारी गुडाउन अझै एक वर्ष लाग्नेछ ।  सुरूङमार्ग निर्माणपछि सिस्ने खोलाबाट बलम्बु करिब ७ मिनेटमा यात्रा गर्न सकिने आयोजनाको भनाइ छ । 

सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ मिनेट बढी लाग्ने गरेको छ ।  सुरूङ मार्ग बनेपछि यसले ७ मिनेटमा आवाजावत गर्न सकिने आयोजनाले जनाएको छ ।  सुरूङको दुरी दुई हजार ६८८ मिटर रहेको छ । मुख्य सुरूङसँगै आपत्कालीन सुरूङ समेत निर्माण भइरहेको छ । 

आपतकालीन सुरूङको दूरी दुई हजार ५५७ मिटर रहेको आयोजनाले जानकारी दिएको छ । सुरूङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो ।  जसको कुल ठेक्का रकम २२ अर्ब रूपैयाँ छ । सुरूङमार्ग निर्माणको लागि जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र सरकारको ६ अर्ब लगानी छ । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro