site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदुरपश्चिम र एपीएफको विजयी सुरुवात

धनगढी ।  धनगढीमा सुरु प्रधानमन्त्री कप महिला टि – ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदुर पश्चिमाञ्चल विकास क्षेत्र  र विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लबले विजय सुरुवात गरेका छन् । बुधबार भएको  उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिमाञ्चल  विकास क्षेत्र र एपीएफले मध्य पश्चिमाञ्चललाई हराउदै विजय सुरुवात गरेको हो ।

धनगढीस्थी फाप्ला क्रिकेट मैदानमा  भएको  उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्यो । पश्चिमाञ्चलले दिएको ७४ रनको लक्ष्य सुदुरपश्चिमले १७ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच सुदुरपश्चिमकी लक्ष्मी साउँद भईन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चलले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ७३ रन बनाएको थियो । पश्चिमाञ्चलका लागी बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमकी लक्ष्मी साउदले ३ तथा कविता जोशीले २ विकेट लिईन् ।

प्रतियोगिता अन्तर्गत नै बुधबार भएको दोस्रो खेलमा एपीएफले मध्य पश्चिमाञ्चललाई १० विकेटले हरायो । मध्ये पश्चिमाञ्चलले दिएको ३७ रनको झिनो लक्ष्य एपीएफले ४ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो  । एपीएफलाई जित दिलाउन ओपनर ज्योती पाण्डेले १७ तथा सिता राना मगरले १२ रनको योगदान दिईन् । खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच एपिएफकी रितु कनौजीया भईन् ।

त्यसअघि टस जितेर व्याटिङ गरेको मध्य पश्चिमाञ्चलले  १८ ओभर ४ बलमा अलआउट हुँदै  ३६ रन जोडेको थियो  । मध्ये पश्चिमाञ्चलका गिता गोसाईले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । मध्ये पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा एपीएफकी रितु कनौजीयाले ४ विकेट लिईन ।

प्रतियोगिता अन्तर्गत बिहिबार मध्यमाञ्चल र पश्चिमाञ्चल तथा एपीएफ र पुर्वाञ्चलबीच खेल हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र कैलाली जिल्ला खेलकुद विकास समितीको व्यवस्थापनमा सुरु प्रतियोगिताको उद्घाटन राखेप सदस्य सचिव केशव विष्टले गरेका थिए  ।

प्रतियोगितामा  ५ विकास क्षेत्र र एक विभागीय गरी ६ टोलीले सहभागीता जनाएका छन । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले नगद २ लाख पाउनेछन ।

तस्विर : अविनास चौधरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro