site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनाभित्र ट्याक्सी चालकले मिटरबिना हिँड्दैनौं भन्नेछन् : डीआईजी अर्याल
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । काठमाडौंका सडकमा चल्ने ट्याक्सीको दादागिरीका कारण सर्वसाधारणहरु हैरानीमा परेपछि ट्राफिक प्रहरीले ठगी गर्ने चालकलाई कारवाही अभियान तीव्र पारेको छ ।
ट्याक्सी चालकको मनपरी नरोकिएपछि ट्राफिक प्रहरीले ठगी गर्ने ट्याक्सी चालकलाई कारवाही अभियान तीव्र पारेको हो ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी प्रकास अर्याल भन्छन्–“उपत्यकामा ट्याक्सी ठगी बढेको पक्कै हो । भनेको ठाउँमा भाडामा नजाने, मिटर बिगार्नेदेखि तोकिएको भाडादर भन्दा दोब्बर भाडा असुल्ने ट्याक्सीलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरी धेरै पहिलादेखि लागे पनि परिणाम आउन सकेको थिएन । अहिले ट्राफिकले विशेष अभियान नै चालेको छ । एक महिनाभित्र कुनै पनि ट्याक्सी मिटरविना चल्नै नमान्ने बनाउँछौं ।”
पहिला महाशाखाबाट दैनिक १५ जना सादा पोशाकका ट्राफिक अनुगमनका लागि  खटिने गरेको भए पनि अहिले प्रत्येक युनिटबाट पाँच जनाका दरले खटिएको जानकारी उनले दिए ।  उनका अनुसार ती सादा पोशाकका ट्राफिकको काम उपत्यकाका सडकमा यात्रु बनेर मिटरमा जान नमान्ने ट्याक्सीलाई नियन्त्रणमा लिने हो ।  ट्राफिक प्रहरीले यसरी वैशाखयता २ हजार ३ सय ९७ ओटा ट्याक्सीलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । 
डीआईजी अर्यालले थपे–यति हुँदा पनि ट्याक्सीले ठगी धन्दा जारी राखे । त्यसैले हामी ट्याक्सी ठगीलाई तह लगाउन लागिपरेका छौं । एकमहिना भित्र मिटरविना चल्दैनौ भन्ने बनाउने प्रयासमा छौं ।”
 
खाली बाटोमा हर्न बजाउने चालकसँग होसियार 
मिटर बिगारेर बढी रकम असुल्ने ट्याक्सी चालकले ब्रेक, क्लज र हर्नमा मिटर विगार्ने बस्तु जोडेका हुन्छन् । 
डीआईजी अर्याल भन्छन्–यदी कुनै ट्याक्सी चालकले खाली बाटोमा हर्न बजायो, सिधा बाटोमा ब्रेक लगायो भने त्यसले पक्कै पनि मिटर विगारेको हुन्छ सक्छ ।यसबाट सचेत हुनुपर्छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७३  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro