कला

काठमाडौं । राजावादी र एमालेको प्रदर्शनका कारण पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको चलचित्र ‘महाभोज’ आज रिलिज भएको छ ।
जेठ १५ गतेबाट प्रदर्शनमा आउने भनिए पनि त्यही दिन काठमाडौंमा राजावादी र एमालेको आन्दोलन हुने भएपछि दुई दिनअगाडि यो चलचित्रको रिलिज रोकिएको थियो ।
दिनेश राउत निर्देशित चलचित्रले देशभर करिब २०० शो पाएको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङको मुख्य भूमिकामा छन् ।
‘महाभोज’ क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १०:०९
प्रतिक्रिया दिनुहोस्