site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
क्रोध

“बुबा धेरै रिसाउनुभएको छ,” म भित्र पस्दापस्दै श्रीमतीले भनिन् । उमेरले जति नै परिपक्व बनाए पनि अभिभावक रिसाएपछि मनमा हल्का डर महसुस हुने रहेछ ।

“बुबाले खाना खानुभयो ?,” मैले सोधेँ ।

“अघि नै खानुभयो । औषधि पनि खुवाइसकेँ,” उनले भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“त्यसो भए सुतिसक्नुभयो कि ! भोलि कुरा गर्नुपर्ला ।” बुबाको रिसको सामना गर्न नसकेर हो अथवा उहाँको मायाले थाहा भएन, तर मेरो मुखबाट यो वाक्य निस्कियो ।

“होइन, भान्छामा नै हुनुहुन्छ,” श्रीमतीले भनिन् ।

“बाबु खोइ त ?,” मैले छोरोलाई खोजेँ ।

आज धेरै दिनपछि विद्यालय गएँ, अलि काम थियो । लगभग एक महिना बुबाको उपचारमा काठमाडौंमा भुलेको थिएँ ।

“कर्मचारी सञ्चय कोष सापट र यताउती गर्दा त निकै खर्च भयो है, हाम्रो ?,” यसैबीच श्रीमतीले वित्तीय प्रसंग उठाइन् ।

“के गर्नु, आफ्नो कर्तव्य निभाउनुपर्‍यो,” भनेँ ।

सोचेँ– लामो समय भएको थियो आमाले पस्केर दिएको खान नपाउनुभएको । त्यसैले बुबा भान्छामा लामो समय बस्नुभएको छ ।

बिस्तारै भान्छामा पसेँ । बुबाको आँखा रसिलो अनि हेराइमा हल्का क्रोध देखिन्थ्यो ।

“बुबा, के भयो ?,” सोधेँ  ।

“यो बालखको छाक कटाएर मलाई किन बचाउनुपर्थ्यो ?” बुबाको नजर लैनो भैँसी बेचेपछि सुक्खा भात खाँदै गरेको मेरो छोरातिर थियो ।

(पोखरा–७, कास्की)
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्