site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अहमदाबाद विमानस्थल पुनः खुल्यो, उडान सीमित

काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक एक्स खातामा यसबारे जानकारी दिइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसमा भनिएको छ, “सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल, पुनः सञ्चालन सुरु भएको छ । अहमदाबाद विमानस्थल अब सीमित उडानहरूसहित सञ्चालनमा छ ।”

साथै, यात्रुहरूलाई आफ्नो उडानको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्