site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराका होटलमा २ खर्ब लगानी, पर्यटकको दैनिक खर्च २ हजार

पोखरा । मुलुककै प्रमुख पर्यटकीय गन्तव्य पोखराको आतिथ्य सत्कार उद्योगमा करिब दुई खर्ब रुपैयाँ लगानी भइसकेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् । पोखरा क्षेत्रका ६ सय होटल र तीन सय लजमा यो परिमाणको लगानी भएको व्यवासायीको अनुमान छ । कास्कीका अधिकांश होटल पोखरामा केन्द्रित छन् । पोखरामा पाँचतारे होटल नै दुईवटा रहेकोमा अहिले फूलबारी रिसोर्ट भने बन्द छ । 

पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनका अनुसार पोखराका होटल तथा लजमा करिब २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । काठमाडौं आइपुगेका मध्ये ३० देखि ३५ प्रतिशत विदेशी पर्यटक पोखरा आउँछन् । 

पोखरामा वार्षिक करिब पाँच सय बेड थपिन्छन् होटल तथा लजमा । यसका लागि करिब एक अर्ब रुपैयाँ लाग्छ । “पाँच सय बेड थपिनु भनेको एक अर्ब रुपैयाँ लगानी थपिनु हो,” अध्यक्ष तुलाचन भन्छन् । 

वार्षिक ४ लाख पर्यटक पोखरामा 

पोखरामा हवाई तथा स्थलमार्गबाट गरी वार्षिक ४ लाखभन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । हवाई सेवा राम्रो भए काठमाडौं आउने ८० प्रतिशत विदेशी पर्यटकलाई पोखरा ल्याउन सकिने व्यवसायी दाबी गर्छन् । पर्यटकीय सिजनमा पोखरा आउन हवाई टिकट पाउन मुस्किल छ । राष्ट्रिय ध्वजावाहकलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउन सके काठमाडौं आएका अधिकांश पर्यटकलाई पोखरा ल्याउन सकिनेमान होटल व्यवसायी विश्वस्त छन् । 

पुरानै पूर्वाधार र त्यो पनि व्यवस्थित हुन नसक्दा नेपालकै अन्य भू–भागबाट पर्यटकलाई पोखरा ल्याउन नसकिएको व्यवसायी तुलाचन बताउँछन् । “धेरै खर्च गर्ने पर्यटकलाई ल्याउन नसक्दा यहाँ पाँच तारे होटल खोल्न सकिएको छैन । भएका पनि बन्द हुन थालेका छन्,” उनले भने ।  पोखराको पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण क्षेत्रमा नयाँ पदमार्ग खोल्नुपर्नेमा व्यवसायीले जोड दिँदै आएका छन् ।

“पदमार्गको खोजीसँगै पदमार्गमा सुविधासम्पन्न होटल तथा लजहरु स्थापना पनि गर्नुपर्छ,” अध्यक्ष तुलाचन भन्छन्, “सिजनमा ट्रेकिङमा जाने पदयात्री भुइँमा लहरै सुत्नुपर्छ । यस्तो अवस्था भोगेर गएको पर्यटकले राम्रो सन्देश लिएर जाँदैन ।”        

४० प्रतिशत नेपाली पर्यटक, दैनिक दुई हजार खर्च
पोखरा पुग्नेमध्ये ४० प्रतिशत पर्यटक आन्तरिक हुने  गरेका छन् । पोखरा पुग्ने पर्यटक औसतमा दुई दिन बस्ने गरेका अध्यक्ष तुलाचन बताउँछन् । उनका अनुसार एक जना पर्यटकले दैनिक १५ सयदेखि दुई हजार रुपैयाँ खर्च गर्छ । लक्जरियस पर्यटक भित्र्याउन सके खर्चको दर बढ्ने र त्यसको असर समग्र नेपालमा नै पर्ने उनी बताउँछन् । 

“सन् २०१७ मा साढे ९ लाख विदेशी पर्यटक नेपाल आए । यी अधिकांश दैनिक २ हजार खर्च गर्ने पर्यटक हुन्, अब हामीले लक्जरियस पर्यटकको खोजी गर्नुपर्छ । यसका लागि पहिला पूूर्वाधारमै जोड दिनुपर्छ,” तुलाचन भन्छन्, “पोखराको पर्यटन प्रवद्र्धनका लागि पहिला पोखरामा  अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ ।”

तस्बिर : पर्यटन बोर्ड, पोखरा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro