देश

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–९, बेलुवामा दुई किशोरबीच कुटपिट हुँदा गम्भीर घाइते भएका एकजनाको मत्यु भएको छ ।
नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा रुकुमको बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार, बुधबार (जेठ २१) १५ वर्षीय यज्ञ वली र गिरीबीचको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १०:२६
प्रतिक्रिया दिनुहोस्