देश

झापा । झापाको दमक नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार (जेठ २१) साँझ यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटना मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए । उपचारका निम्ति उनलाई विराटनगरस्थित आर्य न्युरो अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनापछि बसका चालक झापाको गौरादह नगरपालिका–४ का सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ ०९:१८
प्रतिक्रिया दिनुहोस्