बाह्रखरी फोटो
-1748505389.jpg)
काठमाडौं । १८औँ गणतन्त्र दिवस मनाइएको छ । बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो ।
सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभमुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
तस्बिरहरू हेर्नोस्–
तस्बिरहरू : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १३:४२
प्रतिक्रिया दिनुहोस्