
काठमाडौं । चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा सहकारी ठगीको कथा दख्न सकिन्छ ।
सहकारीको संस्थागत ठगीमा परेका पीडितहरूको कथा देखाएको ट्रेलरमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि किन्न पैसा नहुँदा ज्यान गुमाउन पुगेको दृश्य समेछ ।
सहकारी संस्थामा पहुँच राख्नेहरूले कसरी सर्वसाधारणको रकम हिनामिना गर्छन् भन्ने ट्रलेरमा समेटिएको छ ।
जेठ १५ गते रिलिज हुने चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । विकास सुवेदीले कथा तथा पटकथा लेखन रहेको चलचित्रलाई क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याललगायतको अभिनय छ ।