site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फाको साधारणसभामा सहभागी गराउन गणेश थापाका पक्षमा अदालतको अन्तरिम आदेश
फाइल तस्बिर ।

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा सहभागी गराउन पूर्वअध्यक्ष गणेश थापाका पक्षमा अन्तरिम आदेश जारी गरिदिएको छ ।

एन्फाका पूर्वअध्यक्ष थापाले यही वैशाख २६ हुने साधारणसभामा सहभागिता जनाउनबाट नरोक्न माग गर्दै यही वैशाख १९ मा रिट दायर गरेका थिए । उक्त रिटमा आइतबार प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले थापालाई साधारणसभामा सहभागी हुन व्यवधान नगर्न अन्तरिम आदेश जारी गरिदिएको हो ।

विश्व फुटबल महासंघ (फिफा)को १० वर्षे प्रतिबन्ध हालै फुकुवा भएका थापाले एन्फाको औपचारिक कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका थिए । तर, एन्फाबाट ठोस जवाफ नपाएपछि उनले उच्च अदालतमा रिट दायर गरेका हुन् ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यको रूपमा साधारणसभामा सहभागी हुने प्रयासमा थिए । एन्फाको वार्षिक साधारणसभा यही वैशाख २६ गते शुक्रबार धुलिखेलमा हुँदैछ । त्यसमा सहभागिताका लागि थापाले प्रयास गर्दै आएका थिए ।

एन्फा नेतृत्व सकारात्मक नदेखिएपछि थापाले अदालतको बाटोमार्फत सहभागिता सुनिश्चिताको प्रयास गरेका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro