site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रादेशिक संरचनाबारे पर्यटन बोर्ड अन्योलमा, सीईओ भन्छन्– पर्यटन विकासका लागि स्थिरता अपरिहार्य
SkywellSkywell

काठमाडौं । स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइसकेर देश संघीय संरचनाको अभ्यासतर्फ लागि सके पनि राज्यका कतिपय संरचनामा भने अझै पनि संघीय संरचनामा कस्तो मोडलमा जाने भन्ने अन्योल कायमै छ । नेपाल पर्यटन बोर्ड प्रादेशिक संरचनामा जाँदा कस्तो स्वरुपमा रहने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको छैन । 
“पर्यटन बोर्ड केन्द्रमा रहनुपर्छ र त्यसको मातहतमा अन्य शाखा वा अन्य त्यस्तै किसिमका संस्था रहनुपर्छ भन्ने हो,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भन्छन्, “तर प्रदेशमा पनि बोर्ड नै रहने वा विभाग रहने भन्ने टुंगोे भने लागिसकेको छैन ।” 
स्थानीय पर्यटनको ‘लोकेसन’ पत्ता लगाएर त्यसको प्रचारप्रसार गर्ने, प्रदेशमा पर्यटन बोर्डको शाखा वा विभागमध्ये एक रहने तर त्यसको अधिकार के हुने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनले बताए । 
“होटल दर्ता, त्यसको वर्गीकरण तथा खारेजलगायत अधिकार सम्पन्न बोर्डको शाखा वा विभाग रहनुपर्छ भन्ने हाम्रो मान्यता हो,” जोशीले भने । पोखरामा रहेको बोर्डको क्षेत्रीय कार्यालयलाई अहिले सरकारले चार नम्बर प्रदेशको कार्यालयका रुपमा विकास गरिसकेको छ । 

पर्यटन देश विकासको मुख्य आधार 
कार्यकारी अधिकृत जोशी एग्रो, हाइड्रो र पर्यटनलाई सरकारले देश विकासको मूल आधार भनिसकेको अवस्थामा यी तीन वटा पक्षमा विशेष जोड दिनुपर्ने बताउँछन् । “यी तीनमध्ये पनि सबैभन्दा छिटो विकास गर्न सकिने पर्यटन नै हो,” जोशी भन्छन्, “मुख्य राजनीतिक दल र एमाले र माओवादीको साझा घोषणापत्रमा पनि ५० लाख पर्यटक नेपाल भित्र्याउने योजना उल्लेख गरेका छन् । पर्यटनसँग सम्बन्धित अन्य विभिन्न संघसंस्थाहरुले पनि यही ‘टार्गेट’ राखेकाले यो सम्भव पनि छ ।” 

KFC Island Ad
NIC Asia

राजनीतिक स्थिरता भए सम्भव 
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा दिगो सरकार बने पर्यटन प्रबद्र्धन गर्न सजिलो हुने जोशीको भनाइ छ । पर्यटक आउने मुलुकमा नेपालमा राजनीतिक स्थिरता र सुरक्षा छैन भन्ने सन्देश अब हट्ने भन्दै उनले भने, “निर्वाचन भइसकेको र अब स्थिर सरकार बन्ने अवस्था देखिएको छ । यसले पनि अब नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश जानेछ । यो सन्देशजानेबित्त्तिकै पर्यटक आगमनमा वृद्धि हुनेछ ।”
भारतसम्म आएका पर्यटकको सानो प्रतिशतलाई मात्रै नेपाल भित्र्याउन सके पर्यटनमा ठूलो फड्को मार्न सकिने उनी बताउँछन् । 

पूर्वाधार विकास अर्को आवश्यकता 
पर्यटन प्रवद्र्धनका लागि पहिलो सर्त पूर्वाधारको विकास रहेको पर्यटन बोर्डको भनाइ छ । यसअन्तर्गत कम्तिमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालन, भइरहेका विमानस्थलको क्षमता वृद्धि र कुशल व्यवस्थापन गर्नुपर्नेमा जोशी जोड दिन्छन् । 
सडकको समेत मर्मत तथा विस्तार गर्नुपर्ने उनको तर्क छ । “विमानस्थल र सडक राम्रो हुने हो भने होटललगायतका पूर्वाधार आफैं विस्तार हुँदै जान्छन्,” जोशी भन्छन्, “हामीले पर्यटकलाई उपलब्ध गराउने सेवा थप गुणस्तरीय बनाउनुपर्ने हुन्छ ।”
 

Royal Enfield Island Ad

प्रतिस्पर्धी नेपाल एयरलाइन्स 
नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन सके पर्यटक भित्र्याउन थप सजिलो हुने जोशीको धारणा छ । नेपाल एयरलाइन्सलाई निजी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको खण्डमा ठूलो संख्यामा पर्यटक नेपाल आउने देशमा सीधा हवाई सम्पर्क स्थापित गर्न सकिने जोशीको भनाइ छ । “अमेरिका र युरोपका कतिपय देशबाट सिधा हवाई सम्पर्क भए त्यहाँका नागरिकलाई अझै धेरै हामी नेपाल ल्याउन सक्थ्यौं,” उनी भन्छन्, “यसका लागि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स प्रतिस्पर्धी हुन सक्नुपर्छ ।”  
 

लक्जरीयस पर्यटकको खोजी 
भूकम्पको त्रास सकिएको र राजनीतिक अस्थिरता अन्त्य भएको अवस्थामा अब पर्यटन बोर्ड उच्च आय स्रोत भएका मुलुकका पर्यटक भित्र्याउने अभियानमा लागेको छ । अमेरिका र युरोपका पर्यटक अथवा तुलनात्मक रुपमा बढी खर्च गर्ने देशमा पर्यटनको मार्केटिङ सुरु गरेको जोशीले बताए । “ट्रेड फेयरमा गएर स्टल राख्ने मात्रै होइन, हामी सामाजिक सञ्जालबाट पनि मार्केटिङ गर्न थालेका छौं,” उनले भने, “युट्युबबाट गुणस्तरीय भिडियो अपलोड गरेर नेपालबारे जानकारी दिन थालेका छौं । बीबीसी र रोयटर्सबाट हामीले विज्ञापन गरेका छौं । अब डिजिटल मार्केटिङ गर्नुको विकल्प छैन ।” 
उनले सन् २०१८ मा करिब १० लाख पर्यटक भित्रिएको भन्दै यो सकारात्मक सन्देश भएको बताए । प्रत्येक वर्ष २०–२५ प्रतिशत पर्यटक बढाउँदै जान सकिने उनको भनाइ छ । गत वर्ष साढे सात लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १९, २०७४  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro