site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फैलिँदै मौसमी प्रणाली, कोसीबाट सुरु भएको वर्षा सुदूरपश्चिम पुग्यो 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्म र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने बताएको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

आजबाट वर्षा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि फैलिएको छ । पूर्वबाट सुरु भएको वर्षा फैलिएर पश्चिम नेपालको सुदूरपश्चिमसम्म पुगेको हो । 

 काठमाडौंमा पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबारभन्दा काठमाडौंमा आज धेरै वर्षा हुने विभागको भनाइ छ । 

नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसका कारण वर्षा भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro