
काठमाडौं । क्यानडाको भ्यानकुभरमा एक व्यक्तिले भीडमाथि एसयूभी गाडी चलाउँदा नौजना मारिएका छन् भने अन्य केही घाइते भएका छन् । एक उत्सवमा कार्यक्रम चलिरहेका बेला ३० वर्षीय एक युवकले गाडी चलाएका थिए ।
फिलिपिनो समुदायको लापु दिवसको समारोह चलिरहेका बेला स्थानीय समयअनुसार बेलुका ८ बजेपछि यो घटना घटेको हो ।
प्रहरीले गाडी चलाउने युवकलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । प्रहरीले यो घटनालाई आतंककारी कार्य नभएको जनाएको छ ।
घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शी एक फुड ट्रक मालिकले बीबीसीलाई भने,“यो एकदमै भयानक थियो र कार पूरै सीधा, भीडको बीचबाट गुडेको थियो ।”
भ्यानकुभर प्रहरी प्रमुखले संदिग्ध आक्रमणकारीको आपराधिक इतिहास छ वा छैन भन्नेमा टिप्पणी गर्न नसक्ने बताएका छन् ।