site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुटिनले अलमल्याउन खोजे : ट्रम्प

काठमाडौं । रुसी सेनाले देशको पश्चिमी सहर कुर्स्क क्षेत्रमा युक्रेनले कब्जा गरेको अन्तिम गाउँ (गोर्नल) मुक्त गराएको दाबी गरेको छ ।

रुसी सेनाका प्रमुख कमान्डर भ्यालेरी गेरासिमोभले युक्रेनले आठ महिनाअघि अचानक कब्जा गरेको भूभाग पुनः आफ्नो नियन्त्रणमा आएको बताएको बीबीसीले जनाएको छ ।

तर, रुसको यो दाबीलाई युक्रेनले खारेज गरेको छ । युक्रेनले आफ्ना सैनिकले अझै रुसी सीमाक्षेत्रमा अभियान चलाइरहेका जनाएको छ ।  युक्रेनी सेनाले मस्कोको दाबीलाई प्रचारबाजी चालको संज्ञा दिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध रोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको इच्छाशक्तिमा प्रश्न उठाएका छन् । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग भ्याटिकन सिटीमा भेटपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भनेका छन्, “मलाई के डर लागिरहेको छ भने पुटिनले मलाई कपटपूर्ण तरिकाले अलमल्याउने काम गर्दै छन् । पुटिनले नागरिक बाहुल्य क्षेत्रमा मिसाइल हान्नुको कुनै औचित्य छैन ।”

दिवंगत क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको अन्त्येष्टि सुरु हुनुभन्दा अगाडि ट्रम्प र जेलेन्स्कीले भ्याटिकन सिटीको सेन्ट पिटर्स बेसिलिकामा छलफल गरेका थिए । ह्वाइट हाउसले जेलेन्स्कीसँगको १५ मिनेटको भेटलाई धेरै फलदायी छलफल भनेको थियो । युक्रेनी राष्ट्रपतिले उक्त छलफललाई ऐतिहासिक हुन सक्ने सम्भावना भन्दै टिप्पणी गरेका थिए ।

गएको फेब्रुअरीमा भएको यी दुई नेताबीच ह्वाइट हाउसको ओभल अफिसमा तनावपूर्ण भेटघाट भएको थियो । त्यसपछि ट्रम्प र जेलेन्स्कीबीचको यो पहिलो प्रत्यक्ष भेट हो ।

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले भनेका छन्, “रुसले युक्रेनी सहरहरूमा गरेको आक्रमणले देखाउँछ कि पुटिनले युद्ध रोक्न चाहेका छैनन् । उनी मलाई छक्यााउँदै छन् र उनीसँग बैंकिङ वा सहायक कार्यमार्फत अर्को तरिकाबाट प्रतिबन्ध लगाउनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro