site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानको सबैभन्दा ठूलो बन्दरगाहमा विस्फोट, ३०० जना घाइते
तस्बिर : ईपीए ।

काठमाडौं । इरानको बान्दर अब्बास सहरस्थित शाहिद राजाई बन्दरगाहमा विस्फोट हुँदा करिब ३०० जना घाइते भएका छन् । इरानको सरकारी सञ्चारमाध्यमले देशको दक्षिण भूभागस्थित राजाई बन्दरगाहमा ठूलो विस्फोट भएको जनाएको छ ।

बीबीसी फारसी सेवाले विस्फोटमा करिब ३०० जना घाइते भएका जनाएको छ ।

शाहिद राजाई इरानको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीले त्यहाँका धेरै कन्टेनरमा विस्फोट र त्यसपछि ठूलो आगलागी भएको बताएका छन् । आगलागीको कारण अझै पत्ता लागेको छैन ।

सरकारी टेलिभिजनमा प्रसारित तस्बिरमा घटनास्थलबाट धुवाँ निस्किरहेको देखिन्छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro