site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी २०२५’ कार्यक्रम सम्पन्न

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले वैशाख ११ र १२ गते दुईदिन उक्त कार्यक्रम आयोजना गरिएको हो ।

वित्तीय सञ्जालहरू सुदृढ गर्न अनुपालन मापदण्डहरू वृद्धि गर्न र उत्कृष्ट विश्वव्यापी प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासका लागि यो कायक्रम आयोजना गरिएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबम सचिव फनिन्द्र गौतमले यस्ता कार्यक्रम हुनुपर्ने बताए । वित्तीय अपराधविरुद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीच व्यापक सहकार्य आवश्यक रहेको पनि गौतमले बताए ।

दुईदिने कार्यक्रममा आसियान र दक्षिण एसियाका १५ फरक फरक देशबाट १३० भन्दा बढी सहभागी थिए ।

कार्यक्रमा बैंकिङ र डिजिटल क्षमताहरूको विकसित परिदृश्यको विषयमा छलफल गरिएको थियो । त्यस्तै, जोखिम व्यवस्थापन, एन्टी मनी लन्डिङ र काउन्टर टेरेरिस्ट फाइनान्सिङसम्बन्धी छलफल भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro