राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले सरकार परिवर्तनका लागि थाइल्यान्ड गएको भन्दै समाचारको खण्डन गरेकी छन् ।
उनी फर्किने क्रममा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासामा भनिन्, “उहाँ (शेरबहादुर देउवा) राजनीतिक भेट गर्न जानुभएकै होइन । सरकार ढल्ने हल्ला हामीले पनि त्यहीँ सुन्यौँ । अलिअलि इन्टरटेनमेन्टका लागि आएको समाचारजस्तो लाग्यो । सरकार परिवर्तन हुने भए भित्रैबाट हुन्छ । थाइल्यान्ड जानुपर्दैन ।”
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १२:५४
प्रतिक्रिया दिनुहोस्