site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफले जित्यो लुम्बिनी कप महिला फुटबलको उपाधि

काठमाडौं । पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपालगन्ज रंगशालमा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै एपीएफले उपाधि आफ्नो पक्षमा पारेको हो ।

इन्जुरी समयमा गीता रानाले गरेको गोल नै एपीएफलाई च्याम्पियन बनाउन निर्णायक रह्यो । विजेता एपीएफले पाँच लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले दुई लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् ।

Argakhachi Cement Island Ad

एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा  सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ ले पराजित गरेको थियो ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २३:४८
प्रतिक्रिया दिनुहोस्