site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

आज वैशाख ११ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहको अधिनायकवादी शासनविरुद्ध भएको जनआन्दोलन ९२०६२र६२० उत्कर्षमा पुगेपछि जनताले जितेको दिन । यसैले बैशाख ११ लाई नेपालीले ‘लोकतन्त्र दिवस’का रूपमा मनाउने गरेका छन् ।

वैशाख ११ पनि यसो त २००७ फागुन ७ र २०४६ साल चैत २६ कै निरन्तरता हो । तर, विगतमा अधिनायकवादी शासक र क्रान्तिकारी जनताबीच सम्झौता गर्दै आन्दोलन टुंग्याइने गरेकाले आमूल परिवर्तन हुनसकेको थिएन ।

विसं २०६२र६३ को आन्दोलनमा भने जनताले सम्झौता गर्न दिएनन् । आन्दोलनमा संलग्न राजनीतिक दलका नेतामाथि परेको जनदबाबकै कारण २०६३ वैशाख ८ गतेको राजाको घोषणा अस्वीकार गरिएपछि मात्र वैशाख ११ गतेको घोषणा भएको हो । 

वैशाख ११ शक्तिमा प्रतिनिधि सभा पुनःस्थापना, शान्ति सम्झौता, अन्तरिम संविधान, संविधान सभाको निर्वाचन सम्भव भएको थियो । संविधान सभाले अन्ततः नेपालको संविधान, २०७२ पारित गरेर नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ घोषणा गर्‍यो ।

जनआन्दोलनका बलमा देशमा लोकतन्त्र पुनःस्थापना भएको करिब दुई दशक पुग्न थालेको छ । यसबीच संविधान निर्माणमा केही अलमल देखिएको भए पनि लोकतन्त्रको मूल मार्ग अवरुद्ध भएको छैन । जनताले निर्धक्कसँग लोकतान्त्रिक प्रक्रियाको अभ्यास गरेका छन् ।

यसबीच जनआकांक्षा र राजनीतिक दलका नेताहरू तथा राज्यको प्रस्तुतिबीच संगति कायम हुन नसक्दा जनतामा असन्तुष्टि बढेको छ । सायद, जनतामा सरकार र राजनीतिक दलका नेताप्रति बढेको यही असन्तोषलाई लोकतन्त्र विरोधीहरूले ‘व्यवस्थाप्रतिको वितृष्णा’ ठानेका हुन् । 

देशमा अपेक्षित गति र दिशामा आर्थिक, सामाजिक उन्नति हुन नसकेकै हो । तर, देशलाई अधिनायकवादतिर फर्काउन चाहनेहरूले भनेजस्तो दुर्गति भने भएको छैन । आर्थिक तथा समाजिक विकासका सूचकांकका साथै भौतिक पूर्वाधारको विकास हेर्दा नेपालले यसबीच गरेको उन्नति स्पष्ट देखिन्छ ।

रोजगार, अध्ययन तथा बसाइँसराइका लागि विदेशिने युवाको सङ्ख्या देखाएर देश रित्तिएको वा बर्बाद भएको भन्दै सामाजिक सञ्जालमा बनाइने ‘भाष्य’ जनसाधारणलाई भ्रममा पार्ने दुष्प्रयासमात्र हो । वैदेशिक रोजगारीले देशको गरिबी निवारणमा उल्लेख्य योगदान गरेको छ ।

नेपालका लागि आवश्यक युवा जनशक्तिको अभाव भएको छैन । विसं २०४६ सालपछि देशको शिक्षा, चिकित्सा तथा आर्थिक क्षेत्रमा भएको प्रगति हेर्ने हो भने पनि नेपालले फड्को मारेको देखिन्छ । यस्तै, भौतिक पूर्वाधार विशेषगरी सडक, विद्युत्, सञ्चारजस्ता क्षेत्रमा तुलनै गर्न मिल्दैन ।

लोकतन्त्र स्थापनापछि ‘गाउँहरू रित्तिए’ भन्दै ललरी गाउनेहरू ती गाउँले थप सुविधा सम्पन्न बेसीका नगरहरूमा सरेका कुरा बिर्से झैँ गर्छन् । विडम्बना, देश बर्बाद भएको ललरी गाउनेहरूमा प्रायः आफैँ गाउँ वा देश छाडेर हिँड्ने वा आफन्तलाई पठाउनेहरूकै सङ्ख्या धेरै देखिन्छ । 

अर्थात्, भनेजति वा खोजेको जस्तो उन्नति हुन नसकेको मात्रै हो नेपाल गलत दिशामा गएको छैन । शासनका अवयव र अभ्यासमा रहेका सामन्ती संस्कारको अन्त्यसँगै विकासको गति पनि तीव्रतर हुने निश्चितै छ । यसैले नेपालीहरू निराश हुनु पर्दैन ।  

लोकतन्त्रले समाजमा जरो गाड्दै गएको देखेर आत्तिएकाहरू छटपटिँदै गरुन् । पानी धमिल्याएर माछा मार्न खोज्नेहरूले सपनामा ढडिया थाप्दै गरून् । अझ सुदृढ र व्यापक लोकतान्त्रिक अभ्यासको क्रममा रहेको नेपाली समाज पछाडि फर्केछैन । 

लोकतन्त्र जिन्दावाद !
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro