खेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरे । क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ल आगामी दुई वर्ष नेपाली टोलीसँग रहनेछन् ।
५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्ट आएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ २३:२२
प्रतिक्रिया दिनुहोस्