
कठमाडौं । अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्सनका रूपमा ‘च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्सनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका एक हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरूको न्यूनतम मूल्य १३० रूपैयाँदेखि सुरु हुने जानकारी दिइएको छ ।
कम्पनीका तर्फबाट ती उत्पादनहरूको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ ।
‘च्वाइस’ले एकै कार्ट र एकै वेयर हाउस प्रणालीमार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीले विश्वास लिएको छ । यस प्रणालीले एकैपटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा ३ वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउने छ । साथै, चार वा सोभन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन् ।
त्यसैगरी, १४ दिनसम्मको बिनाझन्झट फिर्ता नीति र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्यास सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
दराजको पे डे सेल (अप्रिल २५ देखि २९ सम्म) सँगै सुरु गरिने ‘च्वाइस’ मा ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एन्ड बेबी, तथा हेल्थ एन्ड ब्यूटी लगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एन्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमी लगायत पृथक तथा ट्रस्टेड ब्रान्डहरू मध्यबाट छानिएका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार ग्राहकहरूको स्तरीय किनमेल अनुभवप्रतिको बढ्दो अपेक्षालाई दृष्टिगत गर्दै ‘च्वाइस’ अप्सनको सुरुआत गर्न लागिएको हो । गुणस्तरीय उत्पादनहरू उपयुक्त मूल्यमा, छिटो र निःशुल्क डेलिभरी सुविधासहित उपलब्ध गराउँदै दराजले आफ्नो ब्रान्ड वाचालाई अझ बलियो बनाउने कुँवर बताउँछन् ।