site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । बुढासुब्बाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक चर्चित कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायांकन गरिएको हो ।

गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत चर्चित कलाकारहरूको ऊर्जा र नृत्य देख्न सकिन्छ । गीतसँगै चलचित्रको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले सार्वजनिक गरेको हो ।

यसअघि चलचित्रको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । रेडलाइन फिल्म्स प्रा.लि.को व्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गरेका हुन् भने चलचित्रमा पी.बी. थापाको लगानी रहेको छ । जानकारीअनुसार, चलचित्रको कुल लागत करिब डेढ करोड पुगेको छ ।

यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी. गुरुङले सम्पादन र रंग संयोजन गरेका छन् । निर्देशक रिम विश्वकर्माका अनुसार अभिनेत्री प्रियंका कार्कीलाई यस चलचित्रमा विशेष भूमिकामा देख्न सकिनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro