site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीत देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । 

बाबुल गिरीको संगीत र स्वर रहेको गीतमा शब्दरचना गोवन्द भट्टको छ । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारको पनि स्वर छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् । 

प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । 

साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई राजबहादुर सानेको निर्देशन गरेका छन् । 

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । 

सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता छन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता हुन् । गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्