site stats
बाह्रखरी :: Baahrakhari
कला
सकियो ‘जारी – २’को छायांकन

काठमाडौं । चलचित्र ‘जारी – २’को छायांकन सकिएको छ । ३६ दिनमा छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । 

उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन पाँचथरमा गरिएको हो । वैशाख २९ गते शुभमुहूर्त गरिएको सिनेमाको छायांकन पाँचथरका विभिन्न पर्यटकीयस्थलमा गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘जारी’को सिक्वेल ‘जारी – २’ दसैँमा प्रदर्शनमा आउनेछ । चलचित्रको कथा पनि निर्देशक सुब्बा आफैँले लेखेका छन् । 

‘जारी – २’मा अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता रामबाबु गुरुङ हुन् ।
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्