site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निलो रिबनमै वेलमा पुग्यो रास्वपा, कांग्रेसको नियमापत्तिपछि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक सुरु भएको घोषणालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उभिएर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए । उनले बोलिसकेपछि रास्वपा र राप्रपाका सांसद फेरि उभिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले निलाे रिबन लगाएर रास्वपाका सांसद बैठकमा सहभागी भएको भन्दै नियमापत्ति जनाए । उनलाई समय दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउ गरेका थिए । 

त्यसपछि सभामुखले बैठक ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्