
काठमाडौं । राजेश हमालको कमब्याक भनिएको चलचित्र ‘नरसिंहा अवतार’ले नेपाली बक्सअफिसमा कति ग्रसकलेक्सन गर्यो ?
आठ वर्षपछि राजेश ‘नरसिंहा अवतार’मार्फत रजतपटमा फर्किएका थिए । जेठ ९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र सफल भएको निर्माणपक्षले बताएको छ ।
राजेश हमाल, राज कटुवाल, सरोज खनाल, नीति शाह, शनिषा भट्टराईलगायत कलाकार मुख्य भूमिकामा रहेको यो चलचित्रले एक करोड ७५ लाख ३ हजार ९२६ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।
६३ हजार ५७ वटा टिकट बिक्री हुँँदा एक करोड ७५ लाख ३ हजार ९२६ रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको प्रचारका लागि मुख्य कलाकार मोफसलसम्म पुगेका थिए । राजेश हमाल स्वयं काठमाडौंसहित मोफसलसम्म हलहलमा पुगेर दर्शकलाई भेटेका थिए ।