
काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’ अधिकांश सिनेमा हलबाट उत्रिसकेको छ । जेठ २३ गते रिलिज भएको चलचित्र अहिलेसम्म करिबकरिब सबै हलबाट बाहिरिसकेको छ ।
सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्रले ३१ लाख ८८ हजार ९६५ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।
यो चलचित्र हेर्न १० हजार ५१० दर्शक हल पुगेका छन् । ‘जन्ते बाख्रो’लाई सिमोश सुनुवारले निर्देशन गरेका थिए ।
सुरुआती दिनमा राम्रै शो पाएको चलचित्रले उत्साहजनक ग्रसकलेक्सन गर्न नसकेको हो ।
सतोष गौतम निर्माता रहेको चलचित्रमा सौगात मल्लसँगै गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् ।
प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनील शिवभक्तिको सम्पादन रहेको छ ।