site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अप्रिलको पलेँटीमा संगीता प्रधान

काठमाडौं । सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक पलेँटीमा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीताले अप्रिल २५ र २६ मा गीत गाउने भएकी हुन् ।

संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ । 

१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता निक्कै उत्साहित देखिन्छिन् । उनी भन्छिन्, "पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छु, म उत्साहित छु । पलेँटीका श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका पाएकाले यस मञ्चले मलाई सधैँ आनन्दित बनाउँछ । खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म 'नोस्टाल्जिक' बन्ने गर्छु ।"

२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् । आभास भन्छन्, "यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी- क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु ।"

संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठ-शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्तिनिकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन् ।

पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्नशमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् । ती शब्दहरूमा धुन अग्रज संगीतकार नातिकाजी, शन्ति ठटाल, मानवीर सिंहः गुरुदेव कामत, अमृत गुरुङ र आभासले भरेका छन् ।

पलेँटी अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा आयोजना हुन्छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro